०१ साउन २०८३, शुक्रबार
ठगी प्रकरण

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

असोज २८, २०७९
सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

विशेष अदालतले सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, उनकी पत्नी  सिर्जना शाक्य र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश गरेको छ । विशेष अदालतका शाखा अधिकृत विनोद अधिकारीका अनुसार अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले प्रतिवादी तीनै जनालाई मुद्दा पुर्पक्षको क्रममा कारागारमा थुनामा पठाउने आदेश दिएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, उनका परिवारका सदस्य र आफन्तको नाममा रहेको अर्बौंको सम्पत्ति जफत गर्न माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले विशेष अदालतमा दायर गरेको मुद्दामा इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य (तामाङ), छोरीहरू प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङ, मामाससुरा केशवलाल श्रेष्ठ (सिभिल सहकारीका तत्कालीन अध्यक्ष) एवं माइजू सासू (केशवलालकी पत्नी) मीनाकुमारी श्रेष्ठका नाममा रहेको झण्डै ५ अर्ब बराबरको चल–अचल सम्पत्ति जफत गर्न माग दाबी लिइएको छ ।

विभागले इच्छाराजविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२, पत्नी सिर्जनाको नाममा १ अर्ब ३० करोड ९३ लाख ९५ हजार ८०२, छोरीहरू प्रतिक्षाको नाममा ६ करोड ४७ लाख ४६ हजार २५० र प्रतिष्ठाको नाममा १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ बिगो कायम गरेको छ ।

यस्तै, उनका मामा–सुसरा पर्ने केशवलालको नाममा २६ करोड ६१ लाख ४५ हजार ५३० तथा माइजूसासू मीनासमेतको नाममा गरी कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।


salt training

कमेन्ट गर्नुहोस्