×

NIC ASIA

सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेका दामोदरको दाबी : सच्चा कांग्रेस सबैले मलाई नै भोट दिन्छन्

असोज २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

गुल्मी–२ मा नेपाली कांग्रेसबाट विद्रोह गरी प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका डा. दामोदर भुसालले सच्चा कांग्रेस आफ्नो प्रतिक्षामा रहेको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिबद्धता र नीतिगत एजेण्डा सार्वजनिक गरेका छन् । सोही क्रममा भुसालले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएर कांग्रेस बचाउन र संसदमा नीति स्थापित गर्न रहेको बताए । 

Muktinath Bank

उनले पार्टीमा नीति, विधि र क्षमताभन्दा गुटगत घेरा भित्रकालाई टिकट दिने अवस्थाविरुद्ध आफूले विद्रोह गरेको प्रष्ट पारेका छन् । यो क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीलाई सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुसालले आफ्नो विद्रोहले गाउँ–गाउँका कांग्रेस शुभेच्छुकहरुमा आशाको सञ्चार भएको दाबी गर्दै भीडबाट प्राप्त सफलता क्षणिक हुने बताए । भुसालले ३४ वर्षदेखि कांग्रेस पार्टीमा पु¥याएको योगदान नेतृत्वको केही व्यक्तिले अवमूल्यन गरेका कारण गुल्मी २ का जनताले रुख चिन्हमा मत राख्न नपाए पनि आफ्नो नेतालाई ढुक्क भएर मतदान गर्नेमा विश्वस्त भएको बताए । उनले निर्वाचनमा गठबन्धन वा पार्टीमा भीड जम्मा गरेर प्रचार–प्रसार गरे पनि अन्त्यमा एकले अर्कोलाई छुरा रोपेर पराजित गर्ने प्रवृति जिल्ला र पार्टीमा हाबी भएकाले दामोदर एक्लै भएर केही फरक नपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुँदा गरेका सबै रचनात्मक कामहरूको बारेमा बताउँदै भुसालले आफ्नो विजय नजिक रहेको भुसालले दाबी गरे । उनले गुल्मी क्षेत्र नं २ का नागरिकले २८ वर्षदेखि कांग्रेसलाई विजयी बनाएर संसदमा पठाउन नसकिरहेको अवस्थामा गठबन्धनको अवसर कांग्रेसले उपभोग गर्नुको सट्टा गुमाएको बताए । 

Vianet communication

उनले आफूलाई कांग्रेस विधान राम्रोसँग जानकारी भएकाले विद्रोहको पछाडी पार्टी सदस्यता, पद वा भूमिका रहने वा नरहने भनेर कुनै अर्थ नहुने बताए । भुसालले कांग्रेसका शुभेच्छुक तथा मतदाता उत्साहित भएको बताउँदै आफ्नै मान्छेलाई मत दिने अवसर प्रदान गर्ने व्यक्तिको प्रसंसा गाउँ-बस्तीहरूमा भए पनि केही व्यक्तिले नबुझेर झुण्डगत आलोचना गरिरहेको बताए । ‘कार्यकर्ता बोल्न मात्रै सकेका छैनन् । तर, सच्चा कांग्रेस मेरो प्रतिक्षामा छन्’, उनले भने, ‘परिवर्तन र नेतृत्वको प्रवृतिविरुद्धमा हजारौ नागरिक छन् ।’

भुसालले आफू निर्वाचित भएर संसदमा पुगे लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिलाई सम्पूर्ण व्यक्ति, संस्था र राष्ट्रिय जीवन पद्धतिका रूपमा विकास गर्ने बताएका छन् । प्रतिनिधि सभाका सदस्यहरूको भूमिका राज्यको नीति निर्माण तहमा प्रभावकारी बनाउने आफ्नो प्रमुख काम हुने भुसालले बताए । उनले अहिलेसम्मका संसद् विधिभन्दा निर्वाचन केन्द्रित विकासमा बढी अल्झिएकाले आफूले नीतिमार्फत सरकारले विकासका काम गर्ने अवस्थाको सिर्जना गर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x