१० साउन २०८३, आइतबार

सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेका दामोदरको दाबी : सच्चा कांग्रेस सबैले मलाई नै भोट दिन्छन्

सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेका दामोदरको दाबी : सच्चा कांग्रेस सबैले मलाई नै भोट दिन्छन्

गुल्मी–२ मा नेपाली कांग्रेसबाट विद्रोह गरी प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका डा. दामोदर भुसालले सच्चा कांग्रेस आफ्नो प्रतिक्षामा रहेको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिबद्धता र नीतिगत एजेण्डा सार्वजनिक गरेका छन् । सोही क्रममा भुसालले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएर कांग्रेस बचाउन र संसदमा नीति स्थापित गर्न रहेको बताए । 

उनले पार्टीमा नीति, विधि र क्षमताभन्दा गुटगत घेरा भित्रकालाई टिकट दिने अवस्थाविरुद्ध आफूले विद्रोह गरेको प्रष्ट पारेका छन् । यो क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीलाई सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको छ । 

भुसालले आफ्नो विद्रोहले गाउँ–गाउँका कांग्रेस शुभेच्छुकहरुमा आशाको सञ्चार भएको दाबी गर्दै भीडबाट प्राप्त सफलता क्षणिक हुने बताए । भुसालले ३४ वर्षदेखि कांग्रेस पार्टीमा पु¥याएको योगदान नेतृत्वको केही व्यक्तिले अवमूल्यन गरेका कारण गुल्मी २ का जनताले रुख चिन्हमा मत राख्न नपाए पनि आफ्नो नेतालाई ढुक्क भएर मतदान गर्नेमा विश्वस्त भएको बताए । उनले निर्वाचनमा गठबन्धन वा पार्टीमा भीड जम्मा गरेर प्रचार–प्रसार गरे पनि अन्त्यमा एकले अर्कोलाई छुरा रोपेर पराजित गर्ने प्रवृति जिल्ला र पार्टीमा हाबी भएकाले दामोदर एक्लै भएर केही फरक नपर्ने बताए । 

नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुँदा गरेका सबै रचनात्मक कामहरूको बारेमा बताउँदै भुसालले आफ्नो विजय नजिक रहेको भुसालले दाबी गरे । उनले गुल्मी क्षेत्र नं २ का नागरिकले २८ वर्षदेखि कांग्रेसलाई विजयी बनाएर संसदमा पठाउन नसकिरहेको अवस्थामा गठबन्धनको अवसर कांग्रेसले उपभोग गर्नुको सट्टा गुमाएको बताए । 

उनले आफूलाई कांग्रेस विधान राम्रोसँग जानकारी भएकाले विद्रोहको पछाडी पार्टी सदस्यता, पद वा भूमिका रहने वा नरहने भनेर कुनै अर्थ नहुने बताए । भुसालले कांग्रेसका शुभेच्छुक तथा मतदाता उत्साहित भएको बताउँदै आफ्नै मान्छेलाई मत दिने अवसर प्रदान गर्ने व्यक्तिको प्रसंसा गाउँ-बस्तीहरूमा भए पनि केही व्यक्तिले नबुझेर झुण्डगत आलोचना गरिरहेको बताए । ‘कार्यकर्ता बोल्न मात्रै सकेका छैनन् । तर, सच्चा कांग्रेस मेरो प्रतिक्षामा छन्’, उनले भने, ‘परिवर्तन र नेतृत्वको प्रवृतिविरुद्धमा हजारौ नागरिक छन् ।’

भुसालले आफू निर्वाचित भएर संसदमा पुगे लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिलाई सम्पूर्ण व्यक्ति, संस्था र राष्ट्रिय जीवन पद्धतिका रूपमा विकास गर्ने बताएका छन् । प्रतिनिधि सभाका सदस्यहरूको भूमिका राज्यको नीति निर्माण तहमा प्रभावकारी बनाउने आफ्नो प्रमुख काम हुने भुसालले बताए । उनले अहिलेसम्मका संसद् विधिभन्दा निर्वाचन केन्द्रित विकासमा बढी अल्झिएकाले आफूले नीतिमार्फत सरकारले विकासका काम गर्ने अवस्थाको सिर्जना गर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्