१३ असार २०८३, शनिबार

काठमाडौं महानगरको ज्यादति भोगेकी शर्मिलालाई सहयोग गर्ने हर्क साम्पाङको घोषणा

काठमाडौं महानगरको ज्यादति भोगेकी शर्मिलालाई सहयोग गर्ने हर्क साम्पाङको घोषणा

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले काठमाडौं महानगरपालिकाको ज्यादति भोगेकी शर्मिला तामाङलाई सहयोग गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा सन्देश र फोटोसमेत पोष्ट गर्दै हर्कले आफ्नो एक महिनाको तलब सहयोग गर्ने बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी बैनी को हुन् ? यीनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’ 

सडकमा व्यवसाय गरिरहेकी लमजुङकी शर्मिला तामाङलाई नगरप्रहरीले हटाएको थियो । छोराको पालनपोषण र आफ्नै हातभित्र राखिएको स्टिलको रड झिक्नका लागि शर्मिलाले ठेलागाडामा चना–चटपटेको व्यापार गर्दै आएकी थिइन् । 

कसैले सहयोग गरेर किनेको ठेलामा सानो व्यापार गरेर उनले छोराको पालनपोषण र दैनिक गुजारा चलाउँदै आएकी थिइन् । केही वर्षअघि दुर्घटनामा परेर अपरेसन गर्दा उनको हातभित्र स्टिल राखिएको छ । त्यो स्टिल झिक्नुपर्ने दुई वर्षअघि नै थियो, तर रकम अभावका कारण झिक्न सकेकी छैनन् । बिहीवार काठमाडौं महानगरका सनकी नगर प्रहरीले लछारपछार गर्दै उनको ठेला खोसिदिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्