×

समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव

असोज २८, २०७९

पूर्वराष्ट्रपति डा रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज आयोजित  सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्वपूर्ण योगदानको रहेको विचार व्यक्त गरे । 

पूर्वराष्ट्रपति डा यादवले भने, “अभियन्ता गोयल एवम् उहाँको परिवारले यस क्षेत्रमा सामाजिक, संस्कृति, शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु ।” उनले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु¥याउने धारणा राखे । 


Advertisment

अभिनन्दित व्यक्ति गोयलले गरीब विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुशी र शान्ति महशुस हुने गरेको अनुभव सुनाए । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीरप्रसाद गोयललगायतले गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताए । 


Advertisment

झापाको भद्रपुरमा विसं २००५ मा जन्मिएका र हाल विराटनगरलाई कर्मथलो बनाइ बसेका गोयललाई स्वदेश र विदेशका गरी २६८ सङ्घसंस्थाले अभिनन्दन गरेका छन् । अभियन्ता गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दाबढी असाहय एवं जेहन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर, अनाथ आश्रमलगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

अभियन्ता गोयलले मुलुकका विभिन्न शैक्षिक संस्था, धार्मिक, सामाजिक सङ्घसंस्थालाई निरन्तररुपमा आर्थिक सहयोग पु¥याउँदै आएको र यो सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । सामाजिक अभियन्ता गोयलले भद्रपुरको गौशाला, गणेश मन्दिर, रङ्गेलीको गौशाला, श्रीकृष्ण गौ सेवा सदन विराटनगर, अनाथआश्रम इटहरी, विराटेश्वर वुद्धाश्रम विराटनगर, विश्रान्ति मन्दिर मूलघाट धनकुटा, अनाथ आश्रम काठमाडौँ, विराटनगरको अष्ट चिरञ्जीवी मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, झापाको कन्काई धारको लक्ष्मी नारायण मन्दिर, उर्लाबारीको हनुमान ट्रष्ट, झापाको मारवाडी समाज, नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुरलगायत करीव ३०० सङ्घ संस्थालाई सहयोग उपलब्ध गराएका छन् । रासस

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x