२३ असार २०८३, मंगलबार

आयोगले १८ जिल्लामा पुर्‍यायो समानुपातिकतर्फको मतपत्र

आयोगले १८ जिल्लामा पुर्‍यायो समानुपातिकतर्फको मतपत्र

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक तर्फ कूल ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार र ७ वटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिवारसम्म १७ लाख मतपत्र छपाइ भएको आयोगले जानकारी दिएको छ । 

आयोगले समानुपातिक तर्फको मतपत्र १८ जिल्लामा ढुवानी भइसकेको जानकारी दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको भट्टराईले बताए । उनका अनुसार हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्