२६ असार २०८३, शुक्रबार

देशकाे समग्र भू-भागबाट बाहिरियो मनसुन

देशकाे समग्र भू-भागबाट बाहिरियो मनसुन

यस वर्षको मौसम बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले आइतवारबाट देशभरको समग्र भू–भागबाट मनसुन बाहिरिएको जानकारी दिएको छ । 

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसवर्षको मनसुन आज मिति २०७९/०६/३०, आइतवार (तदअनुसार सन २०२२ अक्टोबर १६) बाट देशको समग्र भू–भागबाट बाहिरिएको छ ।’ 

नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू–भागबाट शनिवार नै मनसुन बाहिरिएको थियो । प्रदेश १ मा बाँकी रहेको मनसुन पनि आइतवारदेखि बाहिरिएको विभागले जानकारी दिएको छ । 

यस वर्ष नेपालमा गत जेठ २२ गते मनसुन पूर्वी भू–भागबाट प्रवेश गरेको थियो । नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेकोमा यसवर्ष १४ दिन ढिलो गरी मनसुन बाहिरिएको विभागले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्