०८ साउन २०८३, शुक्रबार

एथलेटिक्स प्रतियोगितामा चार स्वर्णको छिनोफानो, क-कसले जिते पदक ?

एथलेटिक्स प्रतियोगितामा चार स्वर्णको छिनोफानो, क-कसले जिते पदक ?

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको एथलेटिक्स प्रतियोगितामा चार स्वर्णको छिनोफानो भएको छ । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका  दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान तोड्दै स्वर्ण पदक जिते ।

पोखरा रंगशालामा भएको खेलमा अधिकारीले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन्। उनले एपिएफका धावक पार्कीले राखेको कीर्तिमानलाई भंग गरेका हुन्।

अधिकारीले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गरे । यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा सो कीर्तिमान पार्कीले  ३० मिनेट ३०.९९ को समयमा बनाएका थिए ।

दोस्रो स्थानमा सीमित भएको पार्कीले उक्त दुरी ३० मिनेट ३८.३२ सेकेन्डमा पुरा गरेका थिए । आर्मीका राजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते ।

यसैबीच ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण पदक जितेकी छिन्।

जयरानीले यसअघि आफैले बनाएको १ मिनेट ०७.०२ सेकेन्डको समयमा सुधार गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ कीर्तिमान बनाएकी हुन् ।

एपीएफकी भागरती कुमारी थारु १ मिनेट ०६.०६ सेकेन्ड को समयकाम साथ रजत र एपिएफ कल्पना श्रेष्ठ १ मिनेट ०६.५१ कास्य पदक प्राप्त गरिन् ।

हाइजम्पमा खत्री र सिंजालीलाई स्वर्ण

एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रीले स्वर्ण पदक जिते। खत्रीले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् ।

यसैगरी बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई नाघेर रजित तथा तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटरनै उचाई नाघेर काँस्य जित्न सफल भए।

यसैगरी महिला हाइजम्पमा नेपाली सेनाकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितिन्।

सिंजाली मगरले १.५२ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन्। सेनाकै विन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत तथा गण्डकीकी सीमा श्रेष्ठले १.४२ मिटर जम्प गर्दै कास्य पदक जित्न सफल भइन्।

salt training

कमेन्ट गर्नुहोस्