
नेपालका लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ को आयोजना गरेको छ ।
सोमवार (असोज ३१ बाट) शुरू भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ ।
यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने छन् ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कनभन्दा ७ हजार रुपैयाँभन्दा बढीको मूल्य पाउने छन् ।
साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ ।
यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।