×

कुमाले पेसा जोगाउने दीपाको अठोट

असोज ३१, २०७९

कुमाल समुदायका युवा पुस्ताले परम्परागत माटाका भाडा बनाउन छोडे भन्ने गुनासो आइरहँदा दाङ तुलसीपुर उपमहानगरपालिका–७ का युवा भने माटोका भाडा बनाउनतर्फ सक्रिय हुन थालेका छन् । 

स्थानीय दीपा कुमालले माटाका भाडा बनाउने तालिम लिएपछि अहिले माटाका भाडा बनाउन थालेकी छन्। “यो पेसा हाम्रो पुर्खाले गर्दै आएको पेसा हो, यसमा हाम्रो पहिचान पनि जोडिएको छ”, उनले भनिन्, “त्यसैले हामीले यो पेसालाई जोगाउनुपर्छ ।” विविएस दोस्रो वर्ष पढ्दै गरेकी उनले आफू माटाका भाडा बनाएरै जीवन पाल्न सक्ने बताइन् । उनले पुर्खाले गर्दै आएको पेसालाई जोगाउन युवा सक्रिय हुनुपर्ने बताइन् ।  


Advertisment

त्यहाँ कुमाल अगुवा पनि यो पेसा जोगाउन चिन्तित देखिन्छन् । ६०÷७० घर रहेको कुमाल समुदायमध्ये अहिले १०÷११ जनाले मात्रै माटाका भाडा बनाएर बेच्ने गर्छन् । त्यसैले यो पेसा लोप हुने खतरालाई कम गर्नका लागि युवा पुस्तालाई तालिम दिन थालिएको अगुवा प्रेम कुमालले बताए । 


Advertisment

अहिले माटाका भाडाको माग पनि बढी छ तर, जनशक्ति नहुँदा भने जति उत्पादन गर्न नसकिएको समेत उनको भनाई छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको छ । पछिल्लो मागअनुसार प्लेट, कप पु¥याउनै गाह्रो हुने गरेको छ । नयाँ पुस्ता पनि माटोका भाडा बनाउनेतर्फ चासो दिनुपर्ने कविराम कुमालले बताए। “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाखाले यो पेसा अङ्गालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेसा सङ्कट पर्ने हो की भन्ने चिन्ता छ”, उनले भने, “तर, केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।”

नयाँ युवायुवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उनको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एकसय कप निर्माण गर्दै आएका छन् । रासस
 

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x