
सफाइकर्मी आमाबुवा छोरीले कुनै कम्पनीमा लेखापालको जागिर गरेर महिनौपिच्छे तलब बुझेको हेर्न चाहन्थे तर छोरी भने आफ्नै व्यापार गर्न चाहिन्थन् ।
अस्ट्रेलियाकी जेन लूका आमाबुवा सफाइकर्मी थिए । दुवैले सफाइको काम गरेर छोरी जेनलाई शिक्षा दिएर जागिर गर्नसक्ने बनाए । उनी लेखापालको रूपमा कम्पनीमा जागिरे भइन् ।
सबै ठीकठाक चलिरहेको थियो तर उनले व्यापार गर्ने विचार गरिन् । आमाबुवासँग सल्लाह गर्दा अभिभावकले सहमति दिएनन्, आमाबुवाले जागिर नै गरिराख्न सुझाव दिए ।
जेनले आमाबुवाको कुरालाई मानिनन्, बरु आमाबुवालाई थाहा नदिई उनले कपडाको अनलाइन व्यापार शुरू गरिन् । व्यापारमा उनलाई प्रेमीले साथ दिए ।
सन् २०१० मा शुरू गरिएको अनलाइन व्यापारले अहिले उनलाई राम्रो सफलता दिएको छ । अनलाइन व्यापार फस्टाउँदै गएपछि उनले अहिले फेसन कम्पनी समेत स्थापना गरेकी छन् ।
उनी यतिबेला करोडपति भइसकेकी छन् । आमाबुवाबाट लुकाएर उनले पाएको सफलताप्रति यतिबेला आमाबुवा समेत खुशी छन् ।