
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला आयोजना गरेको छ । आज असोज ३१ बाट शुरु भएको यो मेला कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डको पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने छन् ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्यांकन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन्, साथै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपूर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।