०७ असार २०८३, आइतबार
तेस्रो कार्यकालको नजिक सी

सीपीसीको २०औं महाधिवेशनः सी चिनपिङलाई अझै बलियो किन बनाउँदैछ चीन ?

असोज ३१, २०७९
सीपीसीको २०औं महाधिवेशनः सी चिनपिङलाई अझै बलियो किन बनाउँदैछ चीन ?
Photo : Xinhua

आइतवार (१६ अक्टोबर) बाट चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशन शुरू भएको छ । 

उक्त महाधिवेशनले चीनका बहालवाला राष्ट्रपति सी चिनपिङलाई तेस्रो कार्यकाल चलाउनका लागि निर्वाचित गर्ने लगभग पक्का छ । अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेसँगै सीले चिनियाँ तथा विश्व राजनीतिमा दूरगामी प्रभाव पार्ने विश्लेषकहरू बताइरहेका छन् ।

यस महाधिवेशनको संक्षिप्त चर्चा गर्नुपर्दा यसमा २३ सयजना प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा पार्टीले अघिल्लो कार्यकालमा भएको प्रगतिको समीक्षाका साथै आगामी कार्यकालका लागि राष्ट्रिय तथा परराष्ट्रनीतिका लक्ष्यहरू निर्धारण गर्नेछ । 

आगामी कार्यकाल कस्तो होला भन्ने विषयमा सीले आइतवारको सम्बोधनमा केही झलक दिइसकेका छन् । उनले राष्ट्रिय सुरक्षालाई देशको पहिलो प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन् । 

सोमवार सीले महाधिवेशनमा प्रतिवेदन पेश गर्दै एक देश, दुई प्रणालीमा अडिग रहनका लागि नयाँ विचार र रणनीतिका विषयमा चर्चा गरेका छन् । त्यसमा उनले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रका विषयमा निर्देशिका पेश गरेको बताइएको छ ।

राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयन गर्ने, हङकङको निर्वाचन प्रणालीलाई सुधार गर्ने अनि हङकङ र मकाउमा देशभक्तहरूलाई प्रशासनको जिम्मेवारी सुम्पिने सिद्धान्तलाई कार्यान्वयन गर्दा ती विशेष क्षेत्रमा सक्रिय चीनविरोधी तत्त्वहरूलाई सफलतापूर्वक दमन गर्न सकिएको सीको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी शक्तिहरूबाट चीनलाई सधैंभरि अस्थिरताको जोखिम रहेको भनी एक दशकअघिदेखि सीले बताइरहेको कुरा अहिलेसम्म पनि सान्दर्भिक रहेको देखिन्छ । चीनको राष्ट्रिय पुनरुत्थान गर्ने भनी सी चिनपिङले बताउने गरेको चिनियाँ सपनाको अवधारणालाई मूर्त रूप दिन सुरक्षा बलियो हुनु जरूरी छ । 

विदेशी शक्तिले उक्साएको कलर रिभोल्युसनबाट हङकङको सुरक्षा जोखिममा परेकोमा माथि उल्लेखित रणनीति अपनाएर जोखिम हटाएको भनिएको छ । 

अर्थात्, विदेशी शक्तिहरूबाट चीनलाई सधैंभरि अस्थिरताको जोखिम रहेको भनी एक दशकअघिदेखि सीले बताइरहेको कुरा अहिलेसम्म पनि सान्दर्भिक रहेको देखिन्छ । चीनको राष्ट्रिय पुनरुत्थान गर्ने भनी सी चिनपिङले बताउने गरेको चिनियाँ सपनाको अवधारणालाई मूर्त रूप दिन सुरक्षा बलियो हुनु जरूरी छ । 

त्यो सुरक्षा जोखिम चीनले आन्तरिक मोर्चाबाट बेहोर्नुपर्ने स्थिति देखिँदैन । तिब्बत र सिन्ज्याङलाई सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिएको भए पनि त्यहाँ चिनियाँहरूले सबै किसिमका जोखिमलाई निस्तेज बनाइसकेका छन् । 

ती क्षेत्रमा चिनियाँकरण अभियान चलाएर (चाहे त्यो बाध्यकारी कदममार्फत होस् चाहे ललाइफकाइ गरेर होस्) त्यहाँका जातीय समूहहरूलाई चीनप्रति बफादार बनाउन उनीहरू सफल भएका छन् । हुन त तिब्बती र वीगर मुसलमानहरूमा बहुसंख्यक हान जाति तथा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभुत्वप्रति असन्तुष्टि राख्ने व्यक्तिहरू पनि होलान् तर तिनले चीनको सुरक्षामा जोखिम पार्ने हैसियत राख्दैनन् । 

त्यसैले चीन अहिले बाह्य शक्तिबाट तेर्सिएको सुरक्षा जोखिमप्रति नै सचेत छ । विशेषगरी चीनले आफ्नो अखण्ड भूमिको एक हिस्सा मान्ने गरेको ताइवान टापुलाई अमेरिका नेतृत्वको पश्चिमले स्वतन्त्र मुलुकका रूपमा उभ्याउँदै चीनलाई घेराबन्दी गर्ने अभियानलाई तीव्रता दिएको छ । त्यस दुष्प्रयासलाई असफल बनाउनु चीन सरकारको दायित्व हो । 

त्यसैले सी चिनपिङले आइतवारको सम्बोधनमा विदेशी शक्ति तथा केही पृथक्तावादीहरूले ताइवानलाई स्वतन्त्र मुलुक बनाउन खोजेको भन्दै तिनीहरूलाई तारो बनाउने बताए । तर समान चिनियाँ संस्कृति अपनाउने ताइवानका सर्वसाधारणलाई आफूहरूले कहिले पनि निशाना नबनाउने उनको भनाइ छ ।

ताइवानको विषयमा चीनको सुदृढ अडानलाई पुनः दोहोर्‍याउँदै सीले आफूहरू शान्तिपूर्ण पुनरेकीकरणका लागि इमान्दारीका साथ अधिकतम प्रयास गरिरहने बताए । तर ताइवान पुनरेकीकरणका लागि बल प्रयोग गर्ने विकल्पलाई खुला राखिने उनको भनाइ छ ।

लामो समयसम्म आर्थिक माध्यमले पुनरेकीकरणको लक्ष्य हासिल गर्ने भनिरहेको चीनले सैन्य बलप्रयोगमा समेत जोड दिनुमा अमेरिकाले ताइवानका विषयमा अपनाएको रणनीतिक दुविधाको नीतिको परित्याग हो । पंक्तिकारले यस विषयमा पहिले पनि टिप्पणी गरिसकेको छ । 

 


यस्तो अवस्थामा अमेरिकाविरुद्ध चीनको प्रतिकारको नेतृत्व गर्न एक दह्रो नेताको आवश्यकता पर्दछ । सन् २०१२ मा राष्ट्रपति बनेपछि व्यापक रूपमा भ्रष्टाचारका विरुद्ध कारवाही चलाएका सीले चिनियाँ जनमुक्ति सेनाको संरचनामा व्यापक सुधार गरेका छन् । आर्थिक चलखेलमा संलग्न सेनाका दुईजना उच्च दर्जाका जनरलहरूलाई सीले सफाया गरेपछि सेनामा अनुशासनहीनताको समस्या समाधान हुँदै गयो । 

उनको सुधार अभियानले सेनामा रहेको जटिल तथा अकर्मण्य प्रशासनतन्त्रलाई भंग गरेको थियो अनि सकल दर्जालाई केन्द्रीय सैन्य आयोगको प्रत्यक्ष नियन्त्रणमा ल्याएको थियो । त्यसको नेतृत्व सी आफैंले लिएका छन् । 

यससँगै सेनाका सातवटा कमान्डलाई घटाएर पाँचवटा थिएटर कमान्ड बनाउँदै सीले सेनालाई चुस्त समेत बनाएका छन् । ती कमान्डहरूबीच सैन्य कारवाहीमा बाधारहित सहकार्यमा उनले जोड दिएका छन् । 

यसका साथै उनले सेनालाई युद्धका लागि तयारी अवस्थामा रहन बारम्बार निर्देशन दिएका छन् । अनि अत्याधुनिक हतियार विकासको गति बढाउनका लागि पनि उनले प्रेरित गरेका छन् । आफूमाथि सबभन्दा ठूलो रणनीतिक जोखिम तेर्स्याउने मुलुक अमेरिकाविरुद्ध सैन्य भिडन्तका लागि समेत तयार रहन उनले यो सुधार गरेका हुन् । 

अनि विश्व राजनीतिमा क्रान्तिकारी परिवर्तन आइरहेको यथार्थलाई चिनियाँ कम्युनिस्ट पार्टीले मनन गरेको छ । परिवर्तनको लहरका कारण आउने अस्थिरताको अवस्थामा चिनियाँ नेतृत्वको निरन्तरताले स्थिरतालाई सुनिश्चित गर्ने बुझाइ पार्टीको छ । त्यसैले सीलाई तेस्रो कार्यकालका लागि निर्वाचित गर्न पार्टी सहमत भएको हो ।  

कोभिड महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण सिर्जित आर्थिक संकटबाट चीन पनि अछुतो छैन । त्यसले ल्याउन सक्ने अस्थिरताका विषयमा पार्टी सचेत छ र बलियो नेतृत्वको आवश्यकतालाई उसले उच्च प्राथमिकता दिएको छ । 

त्यस नेतृत्वलाई चुनौती दिन सक्ने सम्भावित व्यक्ति/समूहलाई दमन गर्नु पनि जरूरी रहेको पार्टीको बुझाइ छ । त्यसैले भ्रष्टाचारविरोधी अभियानमार्फत सीले आफ्ना राजनीतिक विरोधीलाई पनि ठेगान लगाएका हुन् । 

त्यसमाथि अबको एक दशक चीनका लागि अत्यन्तै महत्त्वपूर्ण छ । जनगणतन्त्र चीन स्थापनाको १०० वर्ष अर्थात् सन् २०४९ मा चीनलाई बलियो, लोकतान्त्रिक, सभ्य, मैत्रीपूर्ण र आधुनिक समाजवादी मुलुक बनाउने चिनियाँ कम्युनिस्ट पार्टीको लक्ष्य हो । 

त्यतिखरसम्म चीनलाई धनी राष्ट्र बनाउनका लागि आधारशिला खडा गर्ने अवसरलाई यही एक दशकभित्र छोप्नुपर्ने हुन्छ । त्यस आधारशिला निर्माणमा सीको जस्तो बलियो नेतृत्व चीनलाई आवश्यक छ । 

अमेरिकाको यस नकारात्मक रणनीतिलाई निस्तेज बनाउन नसकेमा चीनले सधैंभरि अमेरिकाको कनिष्ठ सहयोगीका रूपमा रहिरहनुपर्ने हुन्छ, अमेरिकाविरुद्ध महाशक्ति प्रतिस्पर्धा गर्न उसलाई गाह्रै पर्छ । त्यस्तो स्थिति आउन नदिनका लागि सीको बलियो नेतृत्व आवश्यक रहेको चिनियाँ कम्युनिस्ट पार्टीले बुझेको छ । 

अनि त्यसमाथि चीनलाई समृद्ध र बलियो मुलुक बन्न नदिनका लागि अमेरिकाले भरमग्दूर प्रयास गरिरहेको छ । चीनलाई विश्वव्यापी आपूर्ति शृंखलाको कमजोर खेलाडी बनाउने, एसियामै समेत चीनलाई शक्तिप्रदर्शन गर्नबाट रोक्ने तथा चीनको छिमेकमा आफूअनुकूल मुलुकहरूको शृंखला खडा गरेर रणनीतिक जोखिममा पारिरहने अमेरिकी योजना विभिन्न रूपमा सार्वजनिक भइरहेको छ । 

चीनलाई कमजोर बनाउने रणनीतिअन्तर्गत अमेरिकाले चीनको समग्र सेमीकन्डक्टर क्षेत्रलाई धराशायी पार्नका लागि नयाँ चिप्स ऐन ल्याएको छ ।

त्यसमार्फत उसले चिनियाँ चिपनिर्माताहरूलाई अमेरिकाबाट मात्र नभई अन्य कुनै पनि देशबाट अमेरिकी पेटेन्ट अधिकार भएका अत्याधुनिक उपकरण आयात गर्न प्रतिबन्ध लगाएको छ । आफ्नो नवप्रवर्तनमार्फत चीनलाई प्रतिस्पर्धामा उछिन्ने भन्दा पनि चीनको सेमीकन्डक्टर क्षेत्रलाई पंगु बनाएर अमेरिकाले आफ्नो अग्रता कायम राख्न खोजेको छ । 

अमेरिकाको यस नकारात्मक रणनीतिलाई निस्तेज बनाउन नसकेमा चीनले सधैंभरि अमेरिकाको कनिष्ठ सहयोगीका रूपमा रहिरहनुपर्ने हुन्छ, अमेरिकाविरुद्ध महाशक्ति प्रतिस्पर्धा गर्न उसलाई गाह्रै पर्छ । त्यस्तो स्थिति आउन नदिनका लागि सीको बलियो नेतृत्व आवश्यक रहेको चिनियाँ कम्युनिस्ट पार्टीले बुझेको छ । 

आफ्नो एकध्रुवीय प्रभुत्व कायम राख्नका लागि अमेरिकाले गरेका हरेक प्रयासबाट विश्व राजनीति अस्थिर बनेको भए पनि यसबाट विचलित नभई सीले चीनलाई धैर्यताका साथ अघि बढाएमा बहुध्रुवीय विश्वको निर्माण हुनेछ । तर अमेरिकाविरुद्धको संघर्षमा रुसको जति साथ चीनले लिनुपर्ने हो त्यो नलिएकाले बहुध्रुवीय विश्व निर्माणमा जटिलता उत्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्