२३ असार २०८३, मंगलबार

युक्रेनमाथि रुसको ड्रोन आक्रमण, विद्युतीय संरचना नष्ट

असोज ३१, २०७९
युक्रेनमाथि रुसको ड्रोन आक्रमण, विद्युतीय संरचना नष्ट

रुस र युक्रेन बीचको युद्ध फेरि आक्रामक मोडमा पुगेको छ । क्रिमिया पुलमा बिस्फोट गरिएपछि रुस आक्रामक बनेको हो ।

सोमवार रुसले युक्रेनमाथि ड्रोन आक्रमण गरेको छ । जसबाट युक्रेनका महत्त्वपूर्ण विद्युतीय संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसले युक्रेनका ३ क्षेत्रमा आक्रमण गरेको छ । आक्रमणबाट १०० शहरमा विद्युत् सेवा अवरुद्ध भएको छ । रुसले युक्रेनको विद्युतीय संरचनामाथि आक्रमण गरिएको पुष्टि गरेको छ । 

युक्रेनका राष्ट्रपति भ्यादिमिर जेलेन्स्कीले रुसले आफ्ना नागरिकलाई आतंकित गर्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘दुस्मनले हाम्रा शहरमाथि आक्रमण गर्न सक्छ तर हामीलाई फुटाउन सक्दैन । आउने पिँढीले दुस्मनलाई उचित सजाय दिनेछ । स्मरणरहोस्, हामी जित्नेछौं ।’

युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिस्र्कीले ३७ ड्रोनबाट आक्रमण गरिएकोमा ८५% ड्रोनलाई नष्ट गरिएको जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्