
कात्तिकको १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम र वियोगलाई प्रस्तुत गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रलाई टेक पौरखी राईले लेखन एवं निर्देशन गरेका हुन् ।
चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी, सिल्पा थापा मुख्य भूमिकामा छन् ।
शिशिर बाङदेल, विशाल पहाडी, जानुका पौडेल, सुमीन गुरुङ, डेनियल खड्का लगायतले समेत चलचित्रमा अभिनय गरेका छन् । प्रविण थापा यस चलचित्रका निर्माता हुन् ।