
यसअघि नै पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई ५ वर्षका लागि निष्काशनको निर्णय गरेको नेपाली कांग्रेसले उनीहरुलाई अर्को मौका दिएको छ ।
कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताले कात्तिक ४ गतेभित्र उम्मेदवारी निष्क्रिय बनाएमा प्रक्रिया पुरा गरेर कारबाही फिर्ता लिने उल्लेख छ ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ कात्तिक ४ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।