१४ असार २०८३, आइतबार

श्रीलङ्कामा इन्धनको मूल्य घटाइयो

श्रीलङ्कामा इन्धनको मूल्य घटाइयो

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ । ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ कायम गरिएको जनाएको छ ।

तर नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ ।

श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पु¥याएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्