×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मकवानपुर– २ को चुनावी हिसाब : ३१ वर्षदेखि लडिरहेका विरोधलाई डेब्यु उम्मेदवारको चुनौती

कात्तिक १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मकवानपुरमा चुनावी सरगर्मी बढाएको छ ।

Muktinath Bank

प्रमुख राजनीतिक दलका नेताहरूदेखि साना दल र स्वतन्त्र व्यक्तिको उम्मेदवारीले झनै चुनावी रौनक बढाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती प्रदेशकै राजधानी समेत रहेको मकवानपुरमा मंसिर ४ गते हुने निर्वाचन निकै रोचक हुने देखिन्छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएसँगै सामान्य चिया पसलदेखि चौतारासम्म अब कसले बाजी मार्ला भन्ने चर्चा समेत शुरू भएको देखिन्छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि २६ र प्रदेशसभा सदस्यका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


Advertisment
Nabil box
Kumari

जिल्लामा २ नम्बर प्रतिनिधिसभा क्षेत्रमा सबैको चासो देखिन्छ । त्यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  

Vianet communication
Laxmi Bank

खतिवडा लामो समय नेकपा एमालेबाट राजनीति गरेर हाल नेकपा एमाले विभाजन भएसँगै बनेको नयाँ नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका छन् । २०४६ सालपछि भएका सबै निर्वाचनमा एमालेको तर्फबाट खतिवडा विजयी हुँदै आएका थिए । २०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा खतिवडा विजयी भएका थिए । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रही विजयी भएका खतिवडालाई आफ्नै पुरानो पार्टीका नयाँ युवा नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने  स्थितिले पनि थप चुनौती देखिएको छ ।

२०४८ सालअघिको युवा पुस्ताले निरन्तर जिताउँदै आएका उनलाई २०५१, २०५६ र २०७४ सालमा समेत जिताएको भन्दै अब नयाँ युवालाई अवसर दिनुपर्ने चर्चा शुरू भएपछि उनी अप्ठ्यारोमा परेका जनाइएको छ । 

खतिवडाले राकसिराङ गाउँपालिकामा पार्टीले आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित विस्तारित बैठक तथा छलफल कार्यक्रममा बोल्दै भने, ‘झापामा चुनाव लड्न लागेका एमाले अध्यक्ष केपी शर्मा ओली बुढो भए हट्नुस् भनेर टेलिभिजनमा भन्नुस्, यहाँबाट म पनि हट्छु । उनीहरूले भन्न सक्दैनन्, पुच्छर लुकाएर भाग्छन् ।’

झापा गए बुढो चाहिने र अन्य ठाउँमा युवा चाहिने भन्दै उनले आक्रोश व्यक्त गरे । खतिवडा निरन्तर सोही क्षेत्रमा विजयी हुँदै सांसद भए पनि  खासै उपलब्धिमूलक कामहरू नगरेको भन्दै आलोचना समेत हुँदै आएको छ । 

नेकपा एमालेबाट उम्मेदवारी दिएका महेश बर्ताैला विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा नयाँ आएका युवा नेता हुन् । पहिलोपटक संसदीय निर्वाचनमा होमिएका उनी नयाँ पुस्तान्तरणको विषयमा बोल्दै आएका छन् । एमाले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै १ वटा प्रतिनिधिसभा सदस्य र २ वटा  प्रदेशसभा सदस्य गरी ३ वटै क्षेत्र जित्ने रणनीतिका साथ लागेको देखिन्छ ।

गठबन्धनमा आवद्ध दलहरू एमालेको गढ भत्काउने रणनीतिका साथ चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । सो क्षेत्रमा थाहा नगरपालिका, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर, मनहरी, कैलाश, गाउँपालिकाहरूसहित हेटौंडा उपमहानगरपालिका पश्चिम तर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तर तर्फका ५, ६, ७ र ८ नम्बर वडा पर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x