×

NMB BANK
NIC ASIA

मधेशमा महोत्तरी- ३ अहिले चर्चामा छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि पनि उम्मेदवार बनेका कारण महोत्तरी- ३ चर्चाको केन्द्रमा रहेको हो ।

Sagarmatha Cement
Muktinath Bank

२०७४ सालमा फराकिलो मतान्तरले चुनाव जितेका ठाकुर 'हेभीवेट' उम्मेदवार हुन् । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनमा योगदान दिएसँगै मधेश आन्दोलनका कमाण्डर नै रहेका वयोवृद्ध नेता ठाकुरलाई यसपटक गौँडागौँडामा जोखिम देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै बेला राष्ट्रपति त कुनै बेला प्रधानमन्त्री नै हुनसक्ने चान्स पाएर पनि अवसर गुमाउन पुगेका ठाकुर नेपालको राजनीतिका चर्चित अनुहार हुन् । 


Advertisment
Nabil box
Kumari

मधेशकेन्द्रित राजनीतिक दल गठन गरेर मधेश आन्दोलनको अगुवाई गर्न आउनुअघि उनले कांग्रेस परित्याग नगरेको भए संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नै पनि हुन सक्ने सम्भावना थियो ।

Vianet communication
Laxmi Bank

तर, मधेश आन्दोलनको शुरुआत भइसकेपछि आन्दोलनलाई थप सशक्त बनाउन कांग्रेस परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेर मधेश आन्दोलनको नेतृत्व गर्न मधेश झरेका उनको राजनीतिक अवस्था अपेक्षा गरिएजस्तो सफल भने हुन सकेन । पहिलो संविधानसभाको चुनावमै सर्लाही- ४ मा आफैं पराजय भोग्नुपर्‍यो । 

नेपाली कांग्रेसमा आबद्ध हुँदा आफ्नो सम्पत्ति, घरघडेरी नै सर्लाही कांग्रेसलाई दिएका ठाकुरले त्यही भूमिमा पराजय भोग्नुपर्ला भन्ने कसैले अनुमान समेत गरेका थिएनन् ।

आफ्नो जन्मभूमि महोत्तरी तथा कर्मभूमि जनकपुर छाडेर सर्लाही पुगेका उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि सर्लाहीबाट हार बेहोरे ।

बाध्य भएर सुरक्षित स्थानको खोजीमा २०७४ सालमा उनी आफ्नै जन्मभूमि महोत्तरी- ३ मा चुनाव लड्न पुगे ।

साविक राजपा र साविक संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनका कारण उनले सहजै चुनाव जित्न सफल भए ।

यसपटक फेरि पनि उनले सोही क्षेत्रबाट उम्मेदवारी दिएसँगै धेरैजसोको ध्यान त्यही क्षेत्रको गतिविधिले तानेको छ । 

सत्ता गठबन्धनकै प्रमुख घटक कांग्रेसमा तीव्र असन्तुष्टि 

हुन त सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् उनी । तर, सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहित कुल ४ दल आबद्ध भएपनि उक्त क्षेत्रमा अन्य दलका कोही पनि उम्मेदवार छैनन् । ठाकुरले प्रदेशसभामा पनि आफ्नै पार्टीका निवर्तमान प्रदेश सांसदद्वय अभिराम ठाकुर र रानी शर्मा तिवारीलाई टिकट दिएका छन् । 

उक्त क्षेत्रमा राम्रो जनाधार भएको कांग्रेसबाट कोही पनि उम्मेदवार नहुँदा कांग्रेसका नेता तथा कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन् ।

२०७४ सालको चुनावमा कांग्रेससँग गठबन्धन नहुँदा पनि सभापति शेरबहादुर देउवाको निर्देशनमा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बजरंग नेपाली तिवारीले उम्मेदवारी फिर्ता लिनुपरेको थियो । 

यसपटक पनि उनी प्रदेश सभामा उम्मेदवार हुन खोजेका थिए । एक महिनासम्म काठमाडौं आएर नेताहरूलाई भेटेका थिए । तर पनि उनले टिकट पाउन सकेनन् । त्यसैगरी कांग्रेसबाट अर्का आकांक्षी गरीब दासले पनि टिकट पाएनन् । त्यस क्षेत्रमा कांग्रेसमा प्रभाव राख्ने अर्का नेता शम्भुनारायण पाठक पनि ठाकुरबाट असन्तुष्ट नै देखिएका छन् । 

उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाको मेयरमा पराजित भएका हुन् । 

कांग्रेसका नेता तथा कार्यकर्ताहरू आफूभन्दा पनि कांग्रेसको नेतृत्वसँग बढी असन्तुष्ट रहेको ठाकुर बताउँछन् । 'उहाँहरू मसँग असन्तुष्ट हुनुहुन्न, आफ्नो पार्टीको केन्द्रीय नेतासँग असन्तुष्ट हो,' ठाकुरले लोकान्तरसँग भने, 'गठबन्धनको उम्मेदवार भएको नाताले पनि उहाँहरूले मलाई नै मतदान गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।' 

गत चुनावको तुलनामा यसपटक त्यति सहज भने नभएको उनी आफैं स्वीकार्छन् । 'त्यो पहिलो चुनाव थियो, अहिले दोस्रोपटक जाँदा अलि असहज हुनु त स्वाभाविक हो,' उनले थपे, 'जनतासँग अहिले दिनहुँ भेटिरहेको छु, उहाँहरूको गुनासो सुनिरहेको छु, ती सबै समाधान हुन्छन् ।'

त्यहाँ कांग्रेसमा सबैभन्दा बढी प्रभाव राख्ने नेतामध्येका एक हुन्, रामचन्द्र तिवारी । पूर्व सांसद समेत रहेका तिवारी कांग्रेसबाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार छन् ।

'तिवारीजी हिजोसम्म काठमाडौं हुनुहुन्थ्यो, उहाँसँग राति मात्रै भेटेको छु, पूर्णसहयोग र समर्थन रहनेछ भनेर उहाँले भन्नुभएको छ,' ठाकुरले लोकान्तरसँग भने, 'त्यसबाहेक कांग्रेसका नेताहरूलाई पनि मैले भेटिरहेको छु । पिपराकै राधारमणजीलाई भेटेको छु । उहाँहरूको पनि सहयोग र समर्थन रहने प्रतिबद्धता जनाइरहनुभएको छ ।' 

धेरैजसो कार्यक्रमहरू नेपाली कांग्रेसकै कार्यालयमा भइरहेको र ती सबै कार्यक्रमहरूमा कांग्रेसका कार्यकर्ताहरू आइरहेको उनले बताए ।

तर, कांग्रेसका एक नेताले पार्टीको मत विभाजित हुनसक्ने बताउँछन् ।

'कांग्रेसको मत यसपटक विभाजित हुन्छ । ठाकुरसहित तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार वृषेशचन्द्र लाल, जसपा उम्मेदवार हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामआधार कापरमा मत बाँडिन्छ जस्तो लाग्छ,' ती नेताले लोकान्तरसँग भने, 'न माथि न तल कहीँ पनि कांग्रेसको उम्मेदवार नभएपछि कांग्रेसका कार्यकर्ताहरूले कुनै एक मात्र उम्मेदवारलाई एकछाहा (एउटै चिह्नमा) मत हाल्ने अवस्था भने छैन ।'

त्यस क्षेत्रको प्रभावशाली बहुसंख्यक भूमिहार जातिमा कांग्रेसको पकड भएकाले कांग्रेसको मत निर्णायक हुने अनुमान गरिएको छ । 

ठाकुरले त्यसैलाई आधार मानेर प्रदेशसभामा आफ्नै पार्टीका भूमिहार जातिका दुवै उम्मेदवार उठाए पनि भूमिहार जातिका अन्य नेता तथा कार्यकर्ताहरू सन्तुष्ट देखिएका छैनन् । 

'अहिलेसम्म ठाकुरजीबाट कांग्रेसलाई सन्तुष्ट पार्ने कुनै ठोस पहल नै भएको देखिएको छैन,' कांग्रेसका अर्का एक कार्यकर्ताले भने, 'उहाँलाई अहिले पनि के लागेको छ भने पैसा परिचालन गरेर सबै ठीक हुन्छ । तर, यसपटक त्यस्तो छैन ।'

ठाकुरलाई हराउने भन्दै माओवादी नेता शर्माको 'जेहाद' 

ठाकुरले माओवादी केन्द्रका नेता रामकुमार शर्मालाई चिढ्याउँदा थप चुनौतीको सामना गर्नुपर्ने हुन्छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका रामकुमार शर्माले उम्मेदवारी दिएको भएपनि ठाकुरले आफ्नो शक्तिको प्रयोग गरेर उनलाई जानकारी नगराई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मार्फत उनको उम्मेदवारी फिर्ता गराए ।

उम्मेदवारी फिर्ता गराइएका शर्माले ठाकुरलाई जसरी पनि हराइछाड्ने अठोटसहित माओवादी पार्टी नै परित्यागको तयारीमा छन् ।

'महन्थ ठाकुर मेरो राजनीतिक हत्यारा हो । उनले दुवै चुनावमा षड्यन्त्र गरेर मेरो राजनीतिक हत्या गरेका छन्,' शर्माले लोकान्तरसँग भने, 'ठाकुरलाई हराउन जेहाद नै छेड्नु मेरो अहिलेको लक्ष्य हो । मेरो सम्पूर्ण ताकत उनलाई हराउनमा केन्द्रित हुन्छ ।' 

उनले जसपाका उम्मेदवार हरिनारायण यादवलाई सघाउने बताएका छन् ।

शर्माले विरोध गरेपनि माओवादीका अन्य नेता तथा कार्यकर्ताहरू आफ्नो सम्पर्कमै रहेको ठाकुरले बताए । 

'माओवादी पार्टीको केन्द्रबाट नै ठाकुरजीलाई समर्थन गर्न निर्देशन आइसकेको भन्दै माओवादीका सबै नेता तथा कार्यकर्ताहरू आइरहनुभएको छ,' ठाकुरले थपे, 'चुनावमा कसरी अगाडि बढ्ने भन्ने प्रारूप बनिसकेको थिएन । अब प्रारूप बनाएर एकसाथ प्रचारप्रसारमा जाने भएपछि ती सबै समस्या समाधान हुन्छन् ।'

जसपा उम्मेदवार हरिनारायण यादवको कडा टक्कर 

ठाकुरलाई जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवले कडा टक्कर दिइरहेका छन् ।

यादव आफैं पनि नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय भएका पुराना नेता हुन् । उनले नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति शुरू गरेका थिए । २०३६ सालमा प्रवीणता प्रमाणपत्र तहको पढाई गर्दाकै अवस्थामा पनि उनी जनमत संग्रहको अभियानमा सक्रिय भएका थिए ।

२०४८ सालदेखि उनले नेपाली कांग्रेसमा तीन कार्यकाल क्षेत्रीय सचिव, क्षेत्रीय अध्यक्ष, जिल्ला कार्यसमिति सचिव, महासमिति सदस्य, कार्यबाहक जिल्ला अध्यक्षसम्मको भूमिका निर्वाह गरेका थिए । राजनीतिक आन्दोलनमा पटक–पटक थुनामा परेका उनी त्यस क्षेत्रका ग्रासरुटका नेता हुन् । 

२०६२/०६३ सालमा भएको पहिलो मधेश आन्दोलनमा उनी कांग्रेस परित्याग गरेर साविकको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी फोरमबाट निर्वाचित भएका थिए । त्यसपछि उनी कृषि मन्त्री पनि बने । त्यहीबेलादेखि उनले हालसम्म जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथ दिँदै आएका छन् । 

फोरममै हुँदा केन्द्रीय सदस्य, कार्यसम्पादन समिति सदस्य र राजनीतिक समिति सदस्य हुँदै हाल जसपामा पनि केन्द्रीय सदस्य हुन् ।

उक्त क्षेत्रको कुल चार पालिकामध्ये जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका र एकडारा गाउँपालिकामा जसपाको पूर्णबहुमतको कार्यपालिका हुनुले पनि आफ्नो जीत सहज हुने उनी बताउँछन् ।

मटिहानीमा लोसपाले जिते पनि जसपा निकटतम् प्रतिद्वन्द्वी थियो ।

'२०७४ सालमा नै म पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिएँ, तर अन्तिममा एकपटक चुनाव लड्न महोत्तरी आएको भनेपछि अध्यक्ष उपेन्द्र यादवजीको आदेशलाई मानेर मैले छोडेको थिएँ,' यादवले लोकान्तरसँग भने, 'तर फेरि पनि यसपटक दोहोरिएपछि क्षेत्रका जनताको सहानुभूति मेरो पक्षमा भएकाले पनि चुनाव जित्छु ।'

उक्त क्षेत्रमा ब्राम्हण-भूमिहारको बहुमत रहेपनि आफू भने जातिगत संरचनाको राजनीतिमा विश्वास नगर्ने नेता रहेको उनको कथन छ । 

'मलाई अहिले पनि लाग्दैन कि उहाँ यसपटक फेरि चुनाव लड्न चाहनुहुन्थ्यो होला । केही मानिसले उहाँलाई वैशाखी बनाएर आफू चुनाव जित्न तथा आफ्नो वर्चस्व कायम राख्न मात्र लडाएको हो,' उनले थपे, 'म जातिपाति भन्दा पनि विचार-सिद्धान्तको आधारमा जनताको सुखदु:खमा साथमा रहेकाले जनताले मलाई नै मत दिनेमा ढुक्क छु ।'

प्रतिपक्षी गठबन्धनबाट प्रदेशसभामा नेकपा एमालेका चर्चित तथा स्थापित नेता रामदयाल मण्डल र सक्रिय राजनीतिसँगै चुनावमा डेब्यु गरेका मधेश प्रदेशका निवर्तमान मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा उम्मेदवार छन् । 

यादव, मण्डल र ब्राम्हण तीन जातिको कम्बिनेसन मिले पनि उक्त क्षेत्रमा वर्चस्व कायम रहेको भूमिहार जातिबाट भने उम्मेदवार नहुँदा प्रतिनिधिसभा उम्मेदवार यादवलाई पनि चुनौती छ । 

पूर्वसहकर्मी लालले थपिदिएको चुनौती 

ठाकुरलाई अर्को चुनौती भने आफ्नै पूर्व सहकर्मी वृषेशचन्द्र लालले दिएका छन् । उनी १ वर्ष अघिसम्म ठाकुरका विश्वासिला सहयोगी थिए । 

नेपाली कांग्रेस परित्याग गरेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्ने बेलादेखि एक वर्ष अघिसम्म उनी ठाकुरकै दाहिने हातका रूपमा चिनिने गर्थे । जनकपुरका पूर्वमेयर समेत रहेका लाललाई ठाकुरले राष्ट्रिय सभा सदस्यमा समेत ल्याएका थिए । 

तर, आफूलाई राष्ट्रिय सभामा नदोहोर्‍याएपछि असन्तुष्ट हुँदै लालले तमलोपा ब्युँताएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

तमलोपा हुँदै राजपासम्म वरिष्ठ उपाध्यक्षको भूमिका पाएका लाल जसपाबाट लोसपा बन्दासम्म साथमा थिए । तर, केपी ओलीको सरकारमा सहभागी भएपछि उनले आफ्नै नेतृत्वमा पुरानै तमलोपा ब्युँताएर निर्वाचन आयोगमा दर्ता गराएका थिए । 

लालको घर सोही क्षेत्रमा भएपनि उनले जनकपुरलाई आधार मानेर राजनीति गर्दै आएका थिए । २०६४ सालको संविधानसभा चुनावमा तमलोपाबाट जनकपुरमै चुनाव लड्दा उनले अत्यन्त न्यून मत पाएका थिए ।

'आफ्नो जन्मस्थान महोत्तरी- ३ फर्किंदा वृषेशजीले ठाकुरजीलाई टक्कर नै दिनसक्ने अवस्था भने छैन । उहाँको पार्टीको संगठन पनि छैन,' लालकै गाउँका एक कार्यकर्ताले भने, 'तर, उहाँले जे जति मत पाउनुहुन्छ, ठाकुरजीकै मत काटेर पाउनुहुन्छ ।'

जति मत काटिए पनि ठाकुरलाई गाह्रो पर्न सक्छ ।

ठाकुरबाट प्रायःजसो मतदाता असन्तुष्ट देखिए पनि उनीप्रति सहानुभूति राख्नेहरू पनि भेटिन्छन् । अहिले स्थिति प्रतिकूल देखिए पनि अन्त्यसम्ममा ठाकुरले चुनाव जित्ने उनीहरूको विश्वास छ ।

कतिपयले भने पैसाको खोलो बगाएर ठाकुरले चुनाव जित्ने अनुमान गरेका छन् । 'अन्त्यमा उहाँले भारतीय रकम (भारु)को खोला नै बगाउनुहुन्छ,' जलेश्वरका एक मतदाताले भने, 'मधेश आन्दोलनको रापताप र मधेशी गठबन्धन भएर सहज भएको बेलामा त गत चुनावमा उहाँले भारुको खोला बगाउनुपरेको थियो । यसपटक त्यसको दोब्बरतेब्बर खर्च गरेर पैसाको बलमा चुनाव जित्नुहुन्छ होला ।' 

भारतीय दूतावासको दबाब, प्रभाव र भय-त्रासका कारण पनि अहिले असन्तुष्ट देखिएका नेताहरू बाध्य भएर ठाकुरलाई नै सहयोग गर्नुपर्ने अवस्था आउने उनको दाबी छ । 

तर पैसा खर्चको आरोप गलत रहेको ठाकुरले बताए । 'मसँग पैसा नै छैन भने पैसा खर्च गर्ने कुरा कहाँबाट आउँछ ? मैले खर्च गरिरहेको छु कि छैन, तपाईंहरू आफैं आएर पत्ता लगाउन सक्नुहुन्छ,' ठाकुरले लोकान्तरसँग भने ।

गत चुनावमा गरिएको प्रतिबद्धता अनुसार आफूहरूले काम गरेकाले यसपटक फेरि चुनाव जित्ने लोसपाका प्रदेशसभा सदस्य उम्मेदवार अभिराम शर्मा दाबी गर्छन् ।

'गत चुनावमा जनतासँग गरेको प्रतिबद्धताअनुसार मधेश प्रदेश कायम भयो । जनकपुरधाम राजधानी कायम भयो,' शर्माले भने, 'शिक्षा, स्वास्थ्य, सडक, मठ मन्दिर, बाटोघाटो आदिको समेत काम भएकाले मतदाताले लोसपालाई मतदान गर्नेमा हामी विश्वस्त छौं ।' 

 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x