×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मधेशमा ओली-उपेन्द्र गठजोड : गठबन्धन फेरबदल गर्दा जसपालाई फाइदा होला कि घाटा ?

असोज २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभामा ८० भन्दा बढी सीटमा तथा प्रदेशसभामा १४३ भन्दा बढी सीटमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

Muktinath Bank

जसपाका प्रचारप्रसार प्रमुख प्रकाश अधिकारीका अनुसार नेकपा एमालेसँग प्रतिनिधिसभामा जसपाले ३५ सीटमा मात्र तालमेल गरेको छ । बाँकी क्षेत्रहरूमा दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न पाउने गरी भएको सहमतिअनुसार नै उम्मेदवारी मनोनयन दर्ता गराइएको उनले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खास गरेर मधेश प्रदेशलाई प्राथमिकतामा राखेर एमाले र जसपाबीच चुनावी तालमेल भएपनि १ नम्बर प्रदेशमा पनि तालमेल गरी केही सीटमा उम्मेदवारी दिइएको उनले बताए। 


Advertisment
Nabil box
Kumari

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार मधेश प्रदेशको कुल ३२ सीट मध्ये १७ सीटमा जसपाले उम्मेदवारी मनोनयन गरेको छ । १४ सीटमा एमालेसँग तालमेल गरिएको छ भने ३ सीटमा एमाले र जसपाबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने गरी उम्मेदवारी मनोनयन गरिएको छ । 

Vianet communication
Laxmi Bank

त्यसैगरी मधेश प्रदेशको कुल ६४ सीट मध्ये ३६ सीटमा जसपाले उम्मेदवारी मनोनयन दर्ता गराएको सुमनले बताए ।  

सत्ता गठबन्धन छाडेर प्रतिपक्षी गठबन्धनमा जसपा सहभागी हुनु जसपाका लागि घाटाको निर्णय भएको कतिपयको विश्लेषण छ । सत्ता गठबन्धनमा हुँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मत पाएर जसपाले पाउने सीटमा लगभग जीत निश्चित नै हुन्थ्यो । तर, नेकपा एमालेसँग मात्र गठबन्धन गरेर जाँदा पाँचदलीय गठबन्धनभन्दा बढी सीट जसपाले पाए पनि थोरैमा मात्र जित्न सक्ने कतिपयको विश्लेषण छ ।

तर, जसपाका प्रवक्ता मनिष सुमन भने जसपालाई फाइदा भएको दाबी गर्छन् । 'पाँचदलीय गठबन्धनमा भएको भए ११ सीटमा मात्र गठबन्धनका दलले जसपालाई मत हाल्ने थिए। 

'बाँकी सबै सीटमा हामीले मत हाल्नुपर्ने हुन्थ्यो, 'सुमनले लोकान्तरसँग भने, 'तर, अहिले एमालेसँग गठबन्धन भएपछि १६५ सीट मध्ये ३५ सीटमा मात्र हामीले एमालेलाई मतदान गर्ने हो। बाँकी सबै सीटमा हामीले आफ्नो उम्मेदवार उठाएर आफ्नै उम्मेदवारका लागि मतदान गर्न पाउनु नै ठूलो फाइदा हो ।'

जसपा अध्यक्ष उपेन्द्र यादव पनि पाँचदलीय गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गर्दा पार्टीलाई फाइदा नै पुगेको दाबी गर्छन् । 

'हामीले देशभर आफ्नो उम्मेदवार उठाउन पाएका छौं, समानुपातिक मतमा पनि हाम्रो वृद्धि हुन्छ,' यादवले लोकान्तरसँग भने, 'मधेश प्रदेशमा सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित हुन्छौं ।'

मधेश प्रदेशमा फेरि पनि जसपाकै नेतृत्वमा सरकार गठन हुने उनको दाबी छ । अन्य प्रदेशमा पनि जसपाको उम्मेदवार विजयी हुने उनी बताउँछन् ।

जसपा प्रवक्ता सुमन पनि एमालेसँग तालमेल गरेकै कारण जसपा फेरि अनि राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने बताउँछन् । पाँचदलीय गठबन्धन गरेर नै स्थानीय तहको निर्वाचनमा गएको तर नेपाली कांग्रेसले धोका दिएको हुनाले पनि एमालेसँग तालमेल गरिएको उनले बताए ।

'स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका र विराटनगर महानगरपालिकामा कांग्रेसले हामीलाई मत नै दिएन,' सुमनले थपे, 'जनकपुरमा त बागी नै उठाइदिए । हाम्रो उम्मेदवारले दुवै ठाउँमा पराजय बेहोर्नुपर्‍यो ।' 

वीरगञ्ज महानगरपालिकामा कांग्रेससँग गठबन्धन भए पनि जसपाले आफ्नै ताकतमा जितेको उनले बताए। 'नेपाली कांग्रेसले अन्य दललाई मतदान नै गर्दैन। बरु नेकपा एमाले त्यस मामलामा पूरा इमान्दार छ। त्यस कारण पनि एमालेसँग हामीले दूरगामी सोचेर नै तालमेल गरेको हो।' 

मधेश मामिलाका जानकार तुलानारायण साह भने जसपा अध्यक्ष उपेन्द्र यादव आफैं असुरक्षित देखिए पनि पार्टीको हितमा एमालेसँग 'बेटर डील' गरेको बताउँछन्।

'सत्ता गठबन्धनमा हुँदा उपेन्द्रजीको जीत सुनिश्चित नै थियो। अहिले अलि जोखिम देखिए पनि अन्ततः उहाँले जित्नु नै हुन्छ,' राजनीतिक विश्लेषक समेत रहेका साहले लोकान्तरसँग भने, 'तर सत्ता गठबन्धनबाट धेरै राम्रो 'डील' एमालेसँग गर्न सफल भएको छ। त्यसले जसपालाई धेरै नै फाइदा पुगेको छ।'

नेकपा एमाले जसरी पनि पाँचदलीय सत्ता गठबन्धनलाई भत्काउन चाहन्थ्यो, त्यसमा एमालेले सफलता पाएको छ । अर्कातर्फ जसपाले १ नम्बरमा पनि सीट खोजेको थियो ।

'जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईको संसदीय क्षेत्र १ नम्बर प्रदेशमा हुनुका साथै उपेन्द्रजीको घर पनि विराटनगर रहेकाले मोरङ र सुनसरीमा उपेन्द्रजी बेटर डील खोजिरहनुभएको थियो,' साहले लोकान्तरसँग थपे,' एमालेसँग डील गरेर उपेन्द्र जीले मोरङको मधेशी समुदाय मतदाता रहेको क्षेत्र पाउनुभयो ।'

अर्कातर्फ सुनसरीमा अशोक राईको क्षेत्रमा पनि पकड जमाउन जसपा सफल भएको उनको कथन छ ।

धरानवरपर कांग्रेसभन्दा पनि एमालेसँगको तालमेल जसपाका लागि बढी सुरक्षित भएको उनको विश्लेषण छ।

'गत संसदीय चुनावमा कांग्रेसको  समर्थनमा अशोक राई जित्न सक्नुभएन तर एमालेसँगको तालमेल भएपछि अशोक राई जित्न सक्नुहुन्छ,' साहले थपे, 'त्यस कारण प्रदेश नम्बर १ मा पनि एमाले र जसपाबीच 'विन विनको डील' नै भएको हो।'

साहका अनुसार उपेन्द्रको मुख्य प्राथमिकता मधेश प्रदेश हो। त्यहाँ सत्ता गठबन्धनले प्रदेश सभाको ६४ सीट मध्ये बढीमा २० देखि २२ सीट मात्र दिन चाहेको थियो। 

'५ वर्ष प्रदेश सरकार सञ्चालन गरेको जसपाको 'भोट बैंक' रहेको प्रदेशमा नै कम सीट प्रस्ताव गरेपछि उपेन्द्रजी सत्ता गठबन्धनबाट बाहिरिन बाध्य हुनुभएको हो,' साहले थपे, 'अहिले ६४ मध्ये ३२/३२ सीट लिएर एमाले र जसपा दुवैलाई फाइदा भएको छ ।' जसपाले मधेश प्रदेशमा पाएको सीटमध्ये अधिकांश सीट जित्ने उनको कथन छ ।

'यो गठबन्धन मूल्य-मान्यता, विचार सिद्धान्त आदिको लागि भएकै होइन, विशुद्ध चुनावी गठबन्धन हो,' उनले थपे, 'मूल्य मान्यताको राजनीति गर्ने ठेक्का मात्र उपेन्द्रजीले लिने र अरूले  नलिने भन्ने पनि हुँदैन। चुनावमा जसरी पार्टीलाई फाइदा हुन्छ त्यसरी नै सबैले गर्नु स्वाभाविक हो।'

मधेश मामिलाका जानकार तथा राजनीतिक विश्लेषक चन्द्रकिशोर भने एमाले-जसपा गठबन्धनले दुवै दललाई घाटा भएको बताउँछन् । एमालेले फाइदा हुने लोभमा जसपासँग गठबन्धन गरेपनि प्रभु साहको विद्रोहका कारण एमालेलाई ठूलो धक्का लागेको उनको कथन छ।  

'जसपा मधेशको ठूलो शक्ति हो भनेर एमालेले जसपासँग गठबन्धन त गर्‍यो तर प्रभु साहले जसपासँग गठबन्धन गरेकै कारण सबै ठाउँमा विद्रोही उम्मेदवार खडा गरिदिएपछि एमालेलाई पनि मधेशमा ठूलै धक्का लागेको छ,' उनले लोकान्तरसँग भने, 'अर्कातर्फ जसपाले एमालेसँग गठबन्धन गरेर बढी सीट पाएको भन्दै खुशी भएपनि जोखिम बढेको छ।'

सत्ता गठबन्धनमा हुँदा पाउने सीटमा जसपाको जीत सुनिश्चित जस्तै हुन्थ्यो तर अब जसपाले बढी सीट पाएपनि जोखिम बढेको उनको विश्लेषण छ ।

'अहिले बढी सीट पाएँ भनेर उपेन्द्रजी खुशी हुनु भएको होला, त्यो खुशी चुनावसम्म मात्र रहन सक्छ,' चन्द्रकिशोरले थपे, 'गणितीय रूपमा हेर्ने हो भने मतको भार सत्ता गठबन्धनकै बढी छ ।'

यहाँसम्म कि जसपाका अध्यक्ष यादवकै सीट सुनिश्चित नभएको उनको आकलन छ ।

अर्कातर्फ एमालेसँगको गठबन्धनलाई 'जस्टिफाई' गर्न पनि जसपालाई गाह्रो भइरहेको उनी बताउँछन्।

'हिजोसम्म केपी ओलीलाई प्रतिगमनको मतियार भनेर उपेन्द्रजीले भन्नुभएको थियो,' उनले थपे, 'तर अहिले उहाँ पल्टु यादव बनेर गठबन्धन गरेपछि ओली हिजो किन प्रतिगमनका मतियार थिए र अहिले के भयो कि उहाँले गठबन्धन गरेर एक अर्काको भोट नै माग्नु पर्ने अवस्था आयो भन्ने कुरालाई जनता समक्ष 'जस्टिफाई' गर्न सक्नुभएको छैन ।'

जसपा प्रवक्ता सुमन भने तालमेललाई लिएर खासै समस्या नभएको दाबी गर्छन् । 'हिजो सत्ता गठबन्धनमा हामीले संघीयताविरोधी पार्टी राष्ट्रिय जनमोर्चासँग पनि गठबन्धन गरेकै थियौं,' उनले थपे, 'हामी त संघीयताको जननी हो, तर पनि संघीयताविरोधी पार्टीसँग सत्ता गठबन्धनमा एकै ठाउँ थियौं। त्यसैले अहिले एमालेसँग तालमेल गर्दैमा कुनै समस्या छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x