×

NIC ASIA

व्यवसायिक घाँस खेतीमा आकर्षण : घाँस बेचेरै लाखौँ कमाउँछन् गैँडाकोटका कृष्ण

कात्तिक ३, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । 

Muktinath Bank

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती शुरू गरेका उनले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर उनले  व्यावसायिक घाँस खेती गर्दै आएका हुन् ।  गैँडाकोटसहित  देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उनले घाँस खेतीसहित उखु, गिठ्ठा लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

व्यावसायिक घाँस खेतीमा लागेका उनले यस खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । 

Vianet communication

वार्षिकरुपमा घाँस बिक्रीबाट  रु २५ लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ रहेको छ । 

कृषक भट्टले घाँससहित घाँसका बिरुवासमेत बिक्री गर्दै आएका छन् । 

'घाँस खेतीबाट राम्रै आम्दानी छ, थोरैबाट यसतर्फ लागे अहिले क्षेत्र विस्तार गर्दै गएको छु', उनले भने, 'घाँससहित घाँसका बिरुवाको बिक्रीसमेत राम्रो नै छ ।'

आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिद गरी लैजाने गरेको उनले बताए । 

घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजाने गरेको कृषक भट्टले बताए । 

घाँस बिक्रीमा खासै समस्या नभएको उनको भनाइ रहेको छ । जिल्लाका पशुपालक कृषक घाँस लगाएको खेतमै आएर घाँस खरिद गरी लैजाने गरेको बताए । 

उनले  सुपर नेपियर, मलाटो, नेपियरलगायतका घाँस खेती गर्दै आएका छन् ।

घाँस प्रतिकेजी रु छ प्रतिकेजी र  घाँसका बिरुवा प्रजाति हेरि प्रतिबिरुवा रु दुईदेखि रु ५० सम्ममा बिक्री हुने गरेको भट्टले बताए । 

हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिने गरेको उनको भनाइ रहेको छ । 

घाँस पशुपालक किसानका लागि  अतिआवश्यक भएकाले आफूले सबै जसो किसानलाई घाँसखेती गर्न उत्प्रेरित गर्ने गरेको उनले बताए ।

घाँस लगाउँदा पशुपालक किसानका लागि दानाको विकल्प हुने हुँदा उत्पादन लागत घट्ने र यसले आम्दानी बढाउने हुँदा पशुपालक कृषकलाई घाँस खेती गर्न सुझाव दिने गरेको किसान भट्टको भनाइ छ । 

परालभन्दा समेत सस्तो हुने र हरियो घाँसमा पोषक तत्वसमेत कायम रहने हुँदा यो पशुपालक किसानका लागि लाभदायक हुने उनले बताए । 

'दाना तथा परालको विकल्प घाँस हुन्छ, यसले एकातर्फ  पशुलाई पोषिलो आहारा प्राप्त हुन्छ, अर्कोतर्फ उत्पादन लागत घटेर, आम्दानी बढ्छ', उनले भने, 'यसकारण मैले पशुपालक किसानले घाँस खेती गरुन् भन्ने चाहन्छु ।' 

कृषि उत्पादनबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने भट्टले  कृषिको विकासका लागि राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्ने तर्क गरे । 

धेरैभन्दा धेरै कृषिमा लाग्ने युवा तयार पारी उत्पादन वृद्धि गर्ने योजनाका साथ काम गर्नुपर्ने उहाँको धारणा रहेको छ । उनले घाँस खेतीसहित पाँच बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यावसायिक खेती गर्दै आएका छन् । 

चार वर्षअघि रु १० लाखको लागतमा रानी गिठ्ठाको व्यावसायिक खेती सुरु गरेको कृषक भट्टले बताए । 

एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उनको भनाइ छ । 

जमिनमुनि र माथि लहरामा समेत फल्ने भएकाले उत्पादन राम्रो भएको कृषक भट्टले बताए । 

उत्पादित गिठ्ठा स्थानीय बजारसँगै, चितवन, पोखरा, काठमाडौँलगायतका सहरमा बिक्री हुँदै आएको उनले जानकारी दिए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x