२४ असार २०८३, बुधबार

तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

कात्तिक ३, २०७९
तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष गोपाल रसाइली सहित ३७ जनाविरुद्ध  भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । 

आयोगले बुधवार तत्कालिन महेन्द्रनगर  नगर विकास समितिका अध्यक्ष रसाइली, पल्टु राना, पुष्कल चौधरी, मालपोत कार्यालय  कञ्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालयका तत्कालिन प्रमुख नापी अधिकृतसहित ३७ जनाविरुद्ध मुद्धा दायर गरेको हो । 

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार, उनीहरूले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना तथा भ्रष्टाचार गरेको पाइएको छ । 

अनुसन्धानका क्रममा बोर्ड बैठकको निर्णय बमोजिम उपलब्ध गराउनुपर्नेमा अध्यक्षहरूको एकल तोक आदेशका आधारमा बोर्डको निर्णय नै  नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरू समेतलाई जग्गा उपलब्ध गराएको पाइएको प्रवक्ता भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्