×

NMB BANK
NIC ASIA

भुँडीले तनाव

बिलखबन्दमा सशस्त्रका सकल दर्जा : भुँडी बढे वा दुब्लो भए बढुवा नहुने, मिसन पनि रोकिने !

कात्तिक ३, २०७९

NTC
Premier Steels

फौजी संगठनमा शारीरिक तन्दुरुस्ती पहिलो प्राथामिकता मानिन्छ । त्यसैले हरेक फौजमा बिहान अनिवार्य पिटी परेड हुन्छ ।

Muktinath Bank

यसले फौजका हरेक सदस्य चाहेको समयमा लडाईंको मैदानमा उत्रिन तयार रहन्छन् भन्ने सामान्य मान्यता हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वका हरेक फौजी संगठनले सदस्यहरूको तन्दुरुस्तीका लागि ‘बडी मास्क इन्डेक्स’ (बीएमआई) लागू गरेका छन् । यो भनेको व्यक्तिको उचाइ अनुसारको तौल हुनु हो ।


Advertisment
Nabil box
Kumari

यसबीचमा सशस्त्र प्रहरी बलले उचाइ अनुसारको तौल बनाउन कार्यविधि बनाएर लागू गरेको छ । संगठनमा आबद्ध सम्पूर्ण कर्मचारीलाई १ वर्षभित्र बीएमआईको मापदण्डभित्र आउन निर्देशन जारी गरेको छ ।

Vianet communication

एक वर्षभित्र आफ्नो उचाइ अनुसारको तौल कायम राख्न निर्देशन दिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले बताए ।

‘हामीले उचाइ अनुसारको तौल मेन्टेन गर्नका लागि कार्यविधि बनाएर निर्देशन सर्कुलर गरेका छौं,’ एसएसपी थापाले लोकान्तरसँग भने ।

स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ लागू गरेर १ वर्ष भित्रमा देशभरका सबै कर्मचारीलाई आफ्नो शरीरको तौल मेन्टेन गर्न भनिएको छ ।

सशस्त्रले यो कार्यविधिलाई सशस्त्र प्रहरी नियमावलीमा समेत समेट्ने तयारी गरेको छ । ‘हामीले यसलाई नियमावलीमा संशोधन गरेर थप गर्ने तयारी गरेका छौं,’ प्रवक्ता थापाले भने ।

अब अत्यधिक मोटा र भुँडी लागेकाहरूले आफ्नो तौल नघटाएमा र अत्यन्तै दुब्लाहरूले आफ्नो तौल नबढाएमा बढुवा, विदेशमा हुने तालिम, सरुवा र शान्ति मिसनमा जानबाट समेत वञ्चित हुने भएका छन् । 

‘फौजी संगठनमा आफ्नो कर्तव्य पालनाका लागि हरेक पल तयार हुनुपर्ने भएकाले शरीरलाई तन्दुरुस्त राख्नु जरुरी छ,’ एसएसपी थापाले भने, ‘फौजी भनेपछि शरीर फिट हुनैपर्छ ।’

सशस्त्र प्रहरीले कार्यसम्पादन र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गरेर यो कार्यविधि लागू गरेको जनाएको छ ।

पहिलो चरणमा अहिले सशस्त्रले देशभरमा रहेका सशस्त्र प्रहरीका कति कर्मचारी अति मोटा कर्मचारी र अति दुब्ला छन् भन्ने तथ्याङ्क संकलन गरिरहेको छ । 

पहिलो चरणमा अधिकृतभन्दा माथिका सकल दर्जाको तथ्यांक संकलन भइरहेको छ । दोस्रो चरणमा तल्लो तहका कर्मचारीको तथ्यांक संकलन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

‘अहिले चुनाव नजिक आएकाले माथिल्लो दर्जाका कर्मचारीहरूको तथ्यांक संकलन गरिरहेका छौं । चुनावपछि सबै कर्मचारीको तथ्यांक संकलन गरेर त्यसलाई कार्यान्वयनमा ल्याउने छौं,’ प्रवक्ता थापाले लोकान्तरसँग भने ।

विषेश खालका रोगी, सुत्केरी लगायतको हकमा विषेश मेडिकल टोलीले सिफारिश गरेको खण्डमा केही समयका लागि यो छूट हुने एसएसपी थापाले बताए ।

‘विषेश खालका रोगी, सुत्केरीलगायतका कर्मचारीलाई भने केही छुट हुन्छ, तर त्यो पूर्ण छुट भने होइन,’ एसएसपी थापाले भने ।

उनका अनुसार आफ्नो शरीर फिट राख्न केही समय दिएर व्यवस्था गरिएको छ । सुगर लगायतका बिरामीले पनि नियमित व्यायाम गरेर स्वास्थ्य तन्दुरुस्त राख्न सक्ने भएकाले उनीहरूका लागि पनि यो व्यवस्था अनिवार्य हुने उनको भनाइ छ ।

सशस्त्र सकल दर्जाको स्वास्थ्यलाई मध्यनजर गरेर केन्द्रमा प्रशासन निर्देशनालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा वार्ड गठन गरिएको छ । र, हरेक बाहिनीमा सहायक बाहिनीपतिको नेतृत्वमा मेडिकल बोर्ड गठन भएको छ । 

बीएमआईको विषयमा पहिलेदेखि नै कुरा उठे पनि संगठन प्रमुखको रूपमा आईजीपी राजु अर्याल आएपछि यस विषयमा अध्ययनका लागि समिति बनाएका थिए । त्यो समितिको सिफारिशका आधारमा कार्याविधि तयार भएर लागू भएको हो ।

सशस्त्र प्रहरीमा बीएमआई लागू गर्ने निर्णय राम्रो भएको सशस्त्र प्रहरी पूर्व डीआईजी कृष्णभक्त ब्रम्हाचार्यले बताए । 

‘यो धेरै राम्रो कुरा हो । फौजी संगठनमा शारीरिक तन्दुरुस्ती अनिवार्य हुन्छ । फौजी भनेपछि फिट देखिन जरुरी छ,’ पूर्व डीआईजी ब्रम्हाचार्यले लोकान्तरसँग भने, ‘विगतमा यो लागू गर्ने कुरा उठेका थिए, तर अहिले आएर लागू हुनु राम्रो हो ।’

अन्य देशमा हरेक फौजी संगठनमा बीएमआई अनिवार्य रहेको उनले बताए । नेपालमा पनि नेपाली सेनाले शान्ति मिसनमा जानेहरूको हकमा बीएमआई अनिवार्य गरेको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x