१३ असार २०८३, शनिबार

टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

कात्तिक ३, २०७९
टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो । 

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो । 

यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो । 

लन्च कार्यक्रमसंगै जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ ।

असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् । 

यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा ७ हजार रुपैयाँ बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले जनाएको छ । 

यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । 

 भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । 

युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फंसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । 

यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् ।

त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइएको छ । 

यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ ।

यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ ।

साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्