३१ जेठ २०८३, आइतबार

आईएमईको उत्सव अफर : सातौँ हप्ताको विजेता बने यमप्रकाश र पूर्णबहादुर

कात्तिक ४, २०७९
आईएमईको उत्सव अफर : सातौँ हप्ताको विजेता बने यमप्रकाश र पूर्णबहादुर

दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ।

बिहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्।

संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाउने विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन्।

उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन्।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुने कम्पनीले जनाएको छ।

उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्