०५ साउन २०८३, मंगलबार

राजनीतिक स्थिरता बिना विकास निर्माण काल्पनिक मात्र हुन्छ : प्रकाशमान सिंह

कात्तिक ४, २०७९
राजनीतिक स्थिरता बिना विकास निर्माण काल्पनिक मात्र हुन्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना राखेको बताए । 

उनले देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको पनि दाबी गरेका छन् । उनले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे । उनले राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नु नहुने बताए । 

‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ । अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ’, नेता सिंहले भने, ‘राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्