
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न खेलहरूमा नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १ सय ९५ पदक पाएको छ ।
विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य जितेको हो । त्यस्तै, प्रहरीले टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र ३ कास्य, एथलेटिक्समा २ स्वर्ण, ७ रजत र ६ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण र महिला क्रिकेटमा १ स्वर्ण जितेको हो ।
त्यस्तै, प्रहरीले कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण, १ रजत र १ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो ।
बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य, उसुमा १ स्वर्ण, ३ रजत र ९ कास्य, बुद्धिचालमा १ स्वर्ण, २ रजत र १ कास्य, ट्रायथलनमा १ स्वर्ण, १ रजत र १ कास्य, कब्बडीमा १ रजत र १ कास्य, महिला फुटबलमा १ रजत, महिला भलिबलमा १ रजत, लन टेनिसमा १ रजत र २ कास्य, पुरूष भलिबलमा १ कास्य तथा आईटीएफ तेक्वान्दोमा ४ कास्य गरी कुल १ सय ९५ पदक प्राप्त गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, ३० रजत र ३८ कास्य, पुरूषतर्फ ३७ स्वर्ण, २८ रजत र ३३ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भएका छन् ।
गत असोज २८ गतेदेखि औपचारिक रूपमा उद्घाटन भएको नवौँ राष्ट्रिय खेलकुदका २९ खेलमा नेपाल प्रहरीका ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए । जसमध्ये १९८ महिला खेलाडी र २९७ पुरुष खेलाडी थिए भने ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो ।