
सिद्धार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसर पारी ग्राहकहरूलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चार सय रुपैयाँ क्यासब्याक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्नेछन् ।
यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।