०६ असार २०८३, शनिबार

मंसिर ४ पछि एमालेको सरकार बन्छ : ओली

कात्तिक ४, २०७९
मंसिर ४ पछि एमालेको सरकार बन्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए । 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रवार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताए । 

‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु–यो सरकार काम गर्न जन्मेकै होइन । यसलाई काम गर्ने फुर्सद नै छैन । त्यसकारण यो बेग्लै उद्देश्यका साथ बनेको सरकार हो । अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढछ । हाईवेको गाडीभन्दा छिटो विकासका गति अगाडि बढ्छ । हाम्रो देशको विकासको गति अगाडि बढ्छ । साथीहरू ढुक्क हुन म आग्रह गर्दछु । र, यो सन्देश तपाईंहरूले गाउँगाउँमा लिएर जानुहोस्’, ओलीले भने, ‘गाउँ–गाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसीर ४ गते गर्दैछ । अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ । त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस् । म त्यही आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरूले गरिरहेको आरोपसमेत लगाए । नेकपा एस अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरूले निर्वाचन आचारसंहिताविपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए । एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरू प्रतिबद्ध रहेको दोहो¥याए । 

अध्यक्ष ओलीले झापाको दमकमा रंगशाला बनाउनका लागि आफैंले काम शुरु गरेको र त्यो काम पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे । 

‘अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौँ । मान्छे अल्मल्याएर हिँडेका छैनौँ । बिना ढेउवा पनि भनेका छैनौँ । मान्छे अल्मल्याउने काम गरेका छैनौँ । हाम्रो काम अल्मल्याउने होइन । जनतालाई सचेत बनाउने हो, संगठित बनाउने हो । र, अगाडि बढाउने हो’, उनले भने, ‘अरुले २० वर्षमा नगरेको काम तीन वर्षमा ग¥यौं । यो तीन वर्षमा भुईचालोका भत्काएका ७ लाख घर बनाएर पीडितहरुलाई हामीले हस्तान्तरण ग¥यौँ । कतिपय तपाईंहरूले पनि पाउनु भयो होला । हजारौं विद्यालय, हजारौँ प्रहरी चौकी, हजारौँ सरकारी भवन, हजारौँ अस्पताल निर्माण ग¥यौँ । दुई सय १० वटा बाटो एकैचोटी शिलान्यास गरेर अघि बढायौँ । हुलाकी राजमार्ग लगभग तयार ग¥यौं । हजारौँ पुल, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग त्यसले मध्य पहाडको विकास ग¥यो । र, सदरमुकामहरु जोडने काम गर्‍यो । किमाथाङ्का सदाबहार जोडने बाटो एमालेबाहेक कसले सोचेको थियो ? अव केही मिटर चट्टान काट्न बाँकी छ । सेनालाई दिइएको छ । किमाथाङका यसले सुगम बनाउँछ । देशको सबै ठाउँको विकास गरिन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्