०५ असार २०८३, शुक्रबार

मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

कात्तिक ४, २०७९
मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

मालपाेत कार्यालय डिल्लीबजारमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकमसहित पक्राउ परेको हो । 

अख्तियारको टोलीले उनलाई घुस रकम लिइरहेको अवस्थामा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडालाई नियन्त्रणमा लिएकाे बताएकाे छ। मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग रु.५ हजार दिनुपर्छ भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारकाे टंगाल कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेकाे हाे । 

उनीबाट थप ३ लाख १० हजार रुपैयाँ थप बरामद भएको अख्तियार स्रोतले लाेकान्तरलाई जानकारी दियाे ।

salt training

कमेन्ट गर्नुहोस्