
फिनल्यान्ड तथा लक्जेम्बर्गमा रहको रुसी सांस्कृतिक केन्द्रहरूमा आएका पाहुनालाई न्यानो स्वागत गर्न थालेका छन् ।
युरोपमा ऊर्जाको मूल्य आकासिएपछि स्थानीयहरू जाडोमा कठ्यांग्रिने स्थिति छ । विदेशमा बस्ने रुसी तथा अन्य देशका नागरिक दुवैथरीलाई मानवीय सहयोग गर्नका लागि रुसी सांस्कृतिक केन्द्रमा न्यानोपनको व्यवस्था गरिएको हो ।
रोस्सोत्रुद्निचेस्त्वो नामक रुसी सरकारी निकायले चिसोबाट बच्नका लागि चिया पिउने वा फिल्म हेर्ने व्यक्तिका लागि ‘न्यानो विन्दु’ उपलब्ध गराउने भएको छ ।
‘अलिअलि गरी मानिसहरू आइरहेका छन् । फिनल्यान्ड र लक्जम्बर्गका मानिस आएर जिउ तताउन थालेका छन् । यो व्यवस्था फेब्रुअरी महिनासम्मका लागि हो,’ निकायका प्रवक्ताले रुसी सञ्चारमाध्यमहरूलाई बताए ।