०९ असार २०८३, मंगलबार

'ब्रमास्त्र' कहिले रिलिज हुन्छ ओटीटीमा ?

कात्तिक ६, २०७९
'ब्रमास्त्र' कहिले रिलिज हुन्छ ओटीटीमा ?

बलिउडमा यसवर्षको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म 'ब्रह्मास्त्र पार्ट वन: शिव'को डिजिटल प्रिमियर हुने भएको छ ।

बलिउडका अभिनेता रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’  ओटिटी प्लेटफर्ममा यो चलचित्र नोभेम्बर ४ मा रिलिज हुने बताइएको छ ।

हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज भएको यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

हलमा रिलिज गरेपछि निर्माताले यसलाई ओटीटीमा पनि रिलिज गर्न लागेका हुन् । 

चलचित्रको निर्देशन अयान मुखर्जीले गरेका हुन् ।  

 

salt training

कमेन्ट गर्नुहोस्