०७ असार २०८३, आइतबार

अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

कात्तिक ६, २०७९
अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड  बुक अफ रेकर्डस्’ को कार्यालयबाट नेपाल आएलगत्तै सार्वजनिक गरे । 

पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाइ दिँदै नयाँ विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनेटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर उनले उक्त कीर्तिमान कायम गरेका हुन् । 

शर्माले यस अघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘यो वर्ल्ड रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै कीर्तिमान राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु’, उनले त्यस अवसरमा भने । 

उनी ‘मेमोरी किङ’को नामले पनि परिचित छन् । 

salt training

कमेन्ट गर्नुहोस्