×

निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारहरूको प्रतिबद्धता

कात्तिक ६, २०७९

मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ६ मोरङले निर्वाचन आचारसंहिता–२०७९ सम्बन्धी छलफल गरेको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ को सन्दर्भमा राजनीतिक दलहरूको सहमति एवं सहकार्यमा निर्वाचन आयोग नेपालद्वारा तयार पारिएको आचारसंहिताअनुसार जिल्लास्थित राजनीतिक दल तथा दलका उम्मेदवारको भूमिका विषयमा छलफल भएको हो ।


Advertisment

निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवार वा प्रतिनिधिहरू सहभागी रहेको सो कार्यक्रममा सबैले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।


Advertisment

सो अवसरमा प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले आचारसंहिताको कानूनी आधार र उद्देश्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आचारसंहिता निर्वाचनलाई मर्यादित एवं व्यवस्थित बनाउन बनाइएकाले यसको पालना हुनुपर्ने धारणा राख्दै निर्वाचनपछि १५ दिनभित्र उम्मेदवारहरूले खर्चको विवरण पठाइसक्नुपर्ने जानकारी दिए । 

यस क्षेत्रम प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारले रु २९ लाख, प्रदेशसभा सदस्य पदका लागि ‘१’ का उम्मेदवारले रु १७ लाख र ‘२’ उम्मेदवारले रु १५ लाख खर्च गर्न सक्ने सीमा निर्धारण गरिएको छ ।

सो अवसरमा जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले निर्वाचनको पवित्रतालाई कायम गर्न आचारसंहिता पालना गर्नुपर्ने धारणा राखे । उनले मतदान हुने दिन मतदातालाई समयमै मतदान केन्द्रसम्म पु¥याउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने भन्दै निर्वाचनका लागि गर्नुपर्ने सबै कार्यहरु व्यवस्थित ढङ्गले अघि बढिरहेको जानकारी दिए । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले यस जिल्लामा निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पत्र हुने विश्वास व्यक्त गर्दै निर्वाचनका निम्ति केन्द्रीय सुरक्षा योजनाअनुसार जिल्ला सुरक्षा योजना बनाइएको जानकारी दिए । उनले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी यस जिल्लामा पर्याप्त मात्र नभई मौज्दात पनि रहेको र आवश्यक परेमा अन्य जिल्ला पनि पठाउन सकिनेमा जोड दिए । 

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x