०५ साउन २०८३, मंगलबार

निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारहरूको प्रतिबद्धता

कात्तिक ६, २०७९
निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारहरूको प्रतिबद्धता

मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ६ मोरङले निर्वाचन आचारसंहिता–२०७९ सम्बन्धी छलफल गरेको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ को सन्दर्भमा राजनीतिक दलहरूको सहमति एवं सहकार्यमा निर्वाचन आयोग नेपालद्वारा तयार पारिएको आचारसंहिताअनुसार जिल्लास्थित राजनीतिक दल तथा दलका उम्मेदवारको भूमिका विषयमा छलफल भएको हो ।

निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवार वा प्रतिनिधिहरू सहभागी रहेको सो कार्यक्रममा सबैले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो अवसरमा प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले आचारसंहिताको कानूनी आधार र उद्देश्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आचारसंहिता निर्वाचनलाई मर्यादित एवं व्यवस्थित बनाउन बनाइएकाले यसको पालना हुनुपर्ने धारणा राख्दै निर्वाचनपछि १५ दिनभित्र उम्मेदवारहरूले खर्चको विवरण पठाइसक्नुपर्ने जानकारी दिए । 

यस क्षेत्रम प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारले रु २९ लाख, प्रदेशसभा सदस्य पदका लागि ‘१’ का उम्मेदवारले रु १७ लाख र ‘२’ उम्मेदवारले रु १५ लाख खर्च गर्न सक्ने सीमा निर्धारण गरिएको छ ।

सो अवसरमा जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले निर्वाचनको पवित्रतालाई कायम गर्न आचारसंहिता पालना गर्नुपर्ने धारणा राखे । उनले मतदान हुने दिन मतदातालाई समयमै मतदान केन्द्रसम्म पु¥याउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने भन्दै निर्वाचनका लागि गर्नुपर्ने सबै कार्यहरु व्यवस्थित ढङ्गले अघि बढिरहेको जानकारी दिए । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले यस जिल्लामा निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पत्र हुने विश्वास व्यक्त गर्दै निर्वाचनका निम्ति केन्द्रीय सुरक्षा योजनाअनुसार जिल्ला सुरक्षा योजना बनाइएको जानकारी दिए । उनले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी यस जिल्लामा पर्याप्त मात्र नभई मौज्दात पनि रहेको र आवश्यक परेमा अन्य जिल्ला पनि पठाउन सकिनेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्