१२ असार २०८३, शुक्रबार

दुर्लभ सर्प राज गोमन संरक्षणमा चिन्ता

कात्तिक ६, २०७९
दुर्लभ सर्प राज गोमन संरक्षणमा चिन्ता

अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल सुरु गरेका छन् । 

अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन् । वन्यजन्तु संरक्षणमा काम गर्दै आएका संस्थाहरू प्रकृतिका साथीहरू काठमाडौँ, सर्प संरक्षण समाज, नेपाल र पोखरा महानगरपालिका–२५ ले आइतबार पोखरामा किङ कोब्रा संरक्षणका लागि छलफल कार्यक्रम आयोजना गरे । राज गोमन एकमात्र सर्प हो जसले फुल पार्दा गुँडसमेत बनाउने गर्छ । 

सो अवसरमा प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले राज गोमनलाई नचलाउने, नजिस्क्याउने र नजिकमा नजाने हो भने यसबाट बच्न सकिने बताए ।

“नेपालको कानूनले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । गोमन सर्पले टोकेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम भाइल प्रयोग गर्नु राम्रो हुन्छ तर त्यस्तो स्नेक एन्टिभेनम नहुँदा पोलिभलेन्ट लगाउने गरिन्छ”, आचार्यले भने, “यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।” नेपालमा पोलिभलेन्ट नै प्रयोग हुँदै आएको र पोलिभलेन्ट करेत, कमन कोब्रा र दुई भाइपर सर्प प्रजातिको विष सम्मिश्रण गरी तयार पारिने जानकरी सो अवसरमा दिइएको थियो । 

सर्पसम्बन्धी विज्ञ ऋषि बरालले नेपालमा २२ सर्प प्रजाति विषालु भएको र विषरहित र विषसहितका गरी नेपालमा ८२ प्रजातिका सर्प सूचीकृत भएको जानकारी दिए । नेपालमा प्रतिवर्ष १२ हजार मानिसलाई सर्पले टोक्ने र तीमध्ये दुई हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको तथ्याङ्क सो अवसरमा विज्ञहरूले दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्