×

NMB BANK
NIC ASIA

संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस : सैनिक मुख्यालयमा अन्तर्राष्ट्रिय सेमिनार

कात्तिक ६, २०७९

NTC
Premier Steels

संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरणमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ । उक्त समारोहमा मुख्य सचिव शङ्करदार वैरागीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसङ्घमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको स्मरण गराए । 

Muktinath Bank

उनले सन् १९५५ बाट संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालको विकासका लागि सङ्घ एक महत्वपूर्ण साझेदारको रुपमा रहेको तथा संयुक्त राष्ट्रसङ्घ र यसका एजेन्सीहरूले अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा पु¥याएको योगदानको प्रशंसा गरे । मुख्य सचिव वैरागीले नेपालद्वारा संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा चुनौतीपूर्ण परिस्थिति तथा स्थानमा खटिई आफूलाई व्यावसायिक, दक्ष र भरपर्दो शान्ति सैनिकको रुपमा ख्याति र प्रतिष्ठा कमाउन सफल रहेको भन्दै नेपाली सेनाको प्रशंसा गरे । उनले भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकहरुको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिई महिला शान्ति सैनिकहरुको सङ्ख्या वृद्धि गर्दै संयुक्त राष्ट्रसङ्घको आवश्यकताअनुसार १० हजारसम्म शान्ति सैनिकहरु खटाउन नेपाल सरकार कटिबद्ध रहेको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने शान्ति सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनार्थ जटिल वातावरण र चुनौतिका बाबजुद अब्बल सावित गर्दै आएको स्मरण गराए । उनले विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको छ दशक लामो सक्रिय संलग्नतामा नेपालले सदैव दक्ष, व्यवसायिक तथा विशेषज्ञ शान्ति सैनिकहरु प्रदान गर्दै आएको र संयुक्त राष्ट्रसंघको लैङ्गिक समानता रणनीति–२०२८ अनुरुप पछिल्ला केही वर्षमा महिला शान्ति सैनिकहरुको सहभागितामा वृद्धि गर्नुका साथै भविष्यमा समेत उक्त वृद्धि जारी रहने उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

सेमिनारमा विश्व शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान तथा उपलब्धिहरु समेटिएको कफी टेबल बुकको प्रधानसेनापति शर्मा र विशेष अतिथिको रुपमा सहभागी संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपेले संयुक्त रुपमा विमोचन गरेका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x