१८ असार २०८३, बिहीबार

नक्कली नोटसहित पक्राउ, ललितपुरमा चोरी

कात्तिक ६, २०७९
नक्कली नोटसहित पक्राउ, ललितपुरमा चोरी

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी रु ८४ हजार पाँच सयसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यता ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल भण्डारी मार्गस्थित सुनिता तामाङको घरबाट नगद रु तीन लाख ३० हजार, ल्यापटप एक थान र मोबाइल एक थानसमेत गरी करिब रु चार लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ । गएराति भएको उक्त चोरी अपराधमा संलग्न व्यक्तिहरु हाल फरार रहेकाले उनीहरुको खोजी र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्