०६ साउन २०८३, बुधबार

कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम दोस्रो पटक स्थगित

कात्तिक ७, २०७९
कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम दोस्रो पटक स्थगित

नेपाली कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रम दोस्रो पटक स्थगित गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कांग्रेसले सोमबार बिहान साढे १० बजे संकल्प पत्र सार्वजनिक कार्यक्रम तय भएको थियो । यस्तै सोही कार्यक्रम आइतबार पनि तय भएर स्थगित भएको थियो । 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जारी गरेको विज्ञप्तिमा   अर्को सूचना नहुञ्जेलसम्मका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगन गरिएको उल्लेख छ । 

‘नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले भनेका छन् । 

सभापति देउवाको कार्यव्यवस्थाका साथै केही प्राविधिक विषय मिलाउनुपर्ने देखिएकाले अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्