१९ असार २०८३, शुक्रबार

हल रिलिजको तीन महिनामै केकीको फिल्म ‘सिल्ली फो’ युट्युबमा

कात्तिक ७, २०७९
हल रिलिजको तीन महिनामै केकीको फिल्म ‘सिल्ली फो’ युट्युबमा

यसवर्षको असारमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘सिल्ली फो’ युट्युबमा सार्वजनिक गरिएको छ । राजबहादुर सानेको लेखन एवं निर्देशन रहेको फिल्ममा केकी अधिकारी, रविन्द्र झा, धिरेन शाक्य, दिनेश रेग्मी, अनिता लामिछाने, दीपक थापालगायतको अभिनय छ । 

हल रिलिजमा यो फिल्मले दर्शकको साथ पाउन सकेको थिएन । प्रदर्शनमा आएको तीन दिनमै फिल्म धेरै हलबाट उत्रिसकेको थियो । हल रिलिजमा फ्लप सावित फिल्मलाई निर्माण टिमले तीन महिनामै युट्युबमा सार्वजनिक गरेको हो । 

‘सिल्ली फो’ कमेडी फिल्म हो । मनोज डिके यसका निर्माता हुन् । हलमा दर्शक नपाएका फिल्मले युट्युबमा भने राम्रो भ्युज पाउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्