०९ साउन २०८३, शनिबार
प्रतिनिधि सभा निर्वाचन २०७९

गठबन्धनलाई भोट माग्दै बाबुरामले भने– चर्को घामले सताइरहेको बेला रूखको छहारीमा बस्नु निकै आनन्द हुन्छ

कात्तिक ७, २०७९
गठबन्धनलाई भोट माग्दै बाबुरामले भने– चर्को घामले सताइरहेको बेला रूखको छहारीमा बस्नु निकै आनन्द हुन्छ
फाइल तस्वीर

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ गठबन्धन नै वैचारिक धरातलमा बनेको पवित्र गठबन्धन भएको दाबी गरेका छन् । सत्तारूढ गठबन्धनले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गठबन्धनका कार्यकर्तालाई सम्बोधन गर्दै भट्टराईले एमाले नेतृत्वको गठबन्धन अपवित्र गठबन्धन भएको दाबी गरे । 

उनले भने, ‘वैचारिक र भूराजनीतिक सन्तुलनका हिसाबले बनाएको गठबन्धन नै पवित्र गठबन्धन हो । सबैभन्दा पवित्र गठबन्धन यही हो । राजावादी शक्तिहरू, वामपन्थी भनेर उग्र राष्ट्रवादको वकालत गर्ने शक्तिहरूको गठबन्धन अपवित्र गठबन्धन हो ।’ 

लोकतन्त्रको रक्षा गरेर छोटो समयमा देशलाई समृद्धिको नेतृत्व गरेर लैजानको लागि गठबन्धन आवश्यक भएको र गठबन्धन युगको आवश्यकता पनि भएको उनले बताए । उनले नेपालमा मतदाताहरू पार्टीभन्दा पनि चुनाव चिह्नमा हामी धेरै लड्ने गरेको भन्दै गठबन्धनमा रहेका दलका चुनाव चिह्नको व्याख्या पनि गरे । 

भट्टराईले भने, ‘चर्को घामले सताइरहेको बेलामा हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर, कमल समाउने बुद्धिजीवी एउटा ठूलो रुखको छायाँमा बसेर कपमा चिया खादा जुन आनन्द आउँछ त्यसलाई सम्झेर तपाईंहरूले आफ्नो चिह्नहरू छानेर मतदान गर्नुहुनेछ ।’

विगतका तिता–मिठा कुराहरू बिर्सेर गठबन्धनका उम्मेदवारलाई साझा उम्मेदवार ठानेर मतदान गर्नुपर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्