०३ असार २०८३, बुधबार

बदख्सान प्रान्तमा मारिए ३८ विद्रोही

कात्तिक ७, २०७९
बदख्सान प्रान्तमा मारिए ३८ विद्रोही
प्रतिकात्मक तस्वीर

अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरेको सुरक्षा कारबाहीमा परीे ३८ विद्रोही मारिएका छन् । 
 
कारबाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमवार बताए ।

गत १ हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरूलाई जानकारी दिए ।

कारबाहीमा सुरक्षा बलका ३ सदस्यको मृत्यु भएको र ५ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् । यसैबीच विद्रोहीका २ कमाण्डर बाहरुदिन र अब्दुल हमिद मारिएका राज्य सञ्चालित बख्तर समाचार समिति जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्