३० असार २०८३, मंगलबार

जनमुक्ति सेनालाई सी चिनफिङको यस्तो निर्देशन

कात्तिक ७, २०७९
जनमुक्ति सेनालाई सी चिनफिङको यस्तो निर्देशन

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताएका छन् । 

सीपीसीको महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न उनले जनमुक्ति सेनालाई आज निर्देशन दिएका हुन् । जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनमा उनले जोड दिए ।

 चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रमुख सैन्य अधिकारीहरूको बैठकमा भाग लिँदै उक्त निर्देशन दिएको सिन्ह्वाको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्