१० साउन २०८३, आइतबार

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कात्तिक ८, २०७९
साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ ।

अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो ।

कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।

“पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,” उनले भने, “मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिनेछ ।”

फेवातालबाट अवलोकन गर्न सकिने  जमिनभन्दा ६० फिट अग्लो उक्त  मूर्ति अन्नपूर्ण केबुलकारको माथिल्लो स्टेसन पुगेर पनि दर्शन गर्न  सकिनेछ ।

करिब रु दुई अर्बको  लगानीमा निर्माण भइ सञ्चालनमा आएको अन्नपूर्ण केबुलकार कम्पनीले नै पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गर्न लागेको हो ।

उक्त मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर स्थापना भइसकेको छ ।     

केबुलकार सञ्चालनमा आइसकेपछि यात्रुहरुले फेवातालदेखि साराङकोटसम्मको यात्रा नौ मिनेटमै गर्न पाएका छन् ।

कम्पनीले साराङकोटबाट सूर्योदय र सूर्यास्त हेर्न चाहनेहरुका लागि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केबुलकार सञ्चालन गर्दै आएको छ ।

हाल कम्पनीले औसतमा आठ जनालाई सेवा दिइरहेकोमा ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक रहेको कम्पनीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्