×

NMB BANK
NIC ASIA

गाई संरक्षणकाे उपाय : सामूहिक गौ पूजन तथा गौ कथा महोत्सव

कात्तिक ८, २०७९

NTC
सांकेतिक तस्वीर
Premier Steels

चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरीमा सामूहिक गौ पूजन तथा त्रिदिवसीय गौ कथा महोत्सव २०७९ शुरु भएको छ । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा सोमवारदेखि गौ पूजन तथा गौ कथा महोत्सव शुरु भएको हो ।

Muktinath Bank

तीन दिनसम्म चल्ने गौ कथा महोत्सवको गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराजले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले गाईहरूको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले हिन्दू धर्म संस्कृतिमा गाईको महत्व बढी हुने भन्दै यसको संरक्षणमा राज्यसमेत लाग्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो दिन प्रमुख वाचकको रूपमा डा गुरुप्रसाद सुवेदीले प्रवचन दिएका छन् । उनलाई बुद्धिसागर भण्डारी ‘मृदुल’ले कथा प्रवचनमा साथ दिनएका थिए । दोस्रो दिन पण्डित दीनबन्धु पोखरेल र तेस्रो दिन आचार्य चन्द्रदत्त सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको बागीश्वरी आध्यात्मिक परिषद वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

बागेश्वरीमा नियमित हुँदै आएको गौ पूजालाई निरन्तरता दिँदै यसवर्ष गौ कथा महोत्सवको रुपमा विस्तार गरिएको बताए । यहाँ सामूहिक गौ पूजासँगै गोबद्र्धनको पर्वत बनाएर पूजा गरिएको छ । प्रत्येक वर्ष गाई र गोबद्र्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको बागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ ।

Vianet communication

दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको बागेश्वरी आध्यात्मिक परिषद्का उपाध्यक्ष रामप्रसाद वस्तीले बताए । उनका अनुसार गाई पाल्नका लागि मासिक रु चार लाख खर्च हुने गरेको छ । यहाँ गाईको रेखदेखको लागि सात जना कर्मचारी खटिएका छन् । योगी नरहरीनाथले २०५० सालमा माडीबाट कोटीहोम लगाउन सात वटा गाई लिएर आएको र त्यो संख्या बढेर अहिले दुई सय पुगेको वस्तीले जानकारी दिए । यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ । भरतपुर महानगरपालिका, पोलिटेक्निक कलेज र विभिन्न प्राविधिकले यहाँका गाईको औषधि उपचारमा सहयोग गरिरहेको उनले बताए । 

गौ संरक्षणका लागि बागेश्वरीमा आजिवन सदस्यको शुल्कबाट पनि आर्थिक जोहो गर्ने गरिएको छ । आजीवन सदस्य बन्नका लागि रु ११ हजार शुल्क तोकिएको छ । गोबर गहुँत बेचेर पनि गौशालाले आम्दानी गर्दै आएको छ । गहुँतबाट मासिक रु ३५ हजार र गोबरबाट एक सिजनमा डेढलाख बढी आम्दानी हुने गरेको परिषदले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x