२९ असार २०८३, सोमबार

गाई संरक्षणकाे उपाय : सामूहिक गौ पूजन तथा गौ कथा महोत्सव

कात्तिक ८, २०७९
गाई संरक्षणकाे उपाय : सामूहिक गौ पूजन तथा गौ कथा महोत्सव
सांकेतिक तस्वीर

चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरीमा सामूहिक गौ पूजन तथा त्रिदिवसीय गौ कथा महोत्सव २०७९ शुरु भएको छ । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा सोमवारदेखि गौ पूजन तथा गौ कथा महोत्सव शुरु भएको हो ।

तीन दिनसम्म चल्ने गौ कथा महोत्सवको गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराजले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले गाईहरूको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले हिन्दू धर्म संस्कृतिमा गाईको महत्व बढी हुने भन्दै यसको संरक्षणमा राज्यसमेत लाग्नुपर्ने बताए । 

पहिलो दिन प्रमुख वाचकको रूपमा डा गुरुप्रसाद सुवेदीले प्रवचन दिएका छन् । उनलाई बुद्धिसागर भण्डारी ‘मृदुल’ले कथा प्रवचनमा साथ दिनएका थिए । दोस्रो दिन पण्डित दीनबन्धु पोखरेल र तेस्रो दिन आचार्य चन्द्रदत्त सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको बागीश्वरी आध्यात्मिक परिषद वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी दिए । 

बागेश्वरीमा नियमित हुँदै आएको गौ पूजालाई निरन्तरता दिँदै यसवर्ष गौ कथा महोत्सवको रुपमा विस्तार गरिएको बताए । यहाँ सामूहिक गौ पूजासँगै गोबद्र्धनको पर्वत बनाएर पूजा गरिएको छ । प्रत्येक वर्ष गाई र गोबद्र्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको बागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ ।

दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको बागेश्वरी आध्यात्मिक परिषद्का उपाध्यक्ष रामप्रसाद वस्तीले बताए । उनका अनुसार गाई पाल्नका लागि मासिक रु चार लाख खर्च हुने गरेको छ । यहाँ गाईको रेखदेखको लागि सात जना कर्मचारी खटिएका छन् । योगी नरहरीनाथले २०५० सालमा माडीबाट कोटीहोम लगाउन सात वटा गाई लिएर आएको र त्यो संख्या बढेर अहिले दुई सय पुगेको वस्तीले जानकारी दिए । यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ । भरतपुर महानगरपालिका, पोलिटेक्निक कलेज र विभिन्न प्राविधिकले यहाँका गाईको औषधि उपचारमा सहयोग गरिरहेको उनले बताए । 

गौ संरक्षणका लागि बागेश्वरीमा आजिवन सदस्यको शुल्कबाट पनि आर्थिक जोहो गर्ने गरिएको छ । आजीवन सदस्य बन्नका लागि रु ११ हजार शुल्क तोकिएको छ । गोबर गहुँत बेचेर पनि गौशालाले आम्दानी गर्दै आएको छ । गहुँतबाट मासिक रु ३५ हजार र गोबरबाट एक सिजनमा डेढलाख बढी आम्दानी हुने गरेको परिषदले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्