११ साउन २०८३, सोमबार
प्रतिनिधि सभा निर्वाचन २०७९

बिजुक्छेको दाबी : प्रचण्ड, ओली, बाबुराम र माधव नेपाल कम्युनिष्ट होइनन्

कात्तिक ८, २०७९
बिजुक्छेको दाबी : प्रचण्ड, ओली, बाबुराम र माधव नेपाल कम्युनिष्ट होइनन्

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । उनीहरू सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरू नगरेको भन्दै उनीहरूलाई कम्युनिष्टको दर्जा दिनु नहुने उनले बताए । 

सोमवार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष बिजुक्छेले, आफूहरू नै सच्चा कम्युनिष्ट भएको दाबी पनि गरे ।

‘कम्युनिष्ट साँच्चै भएको भए एमाले, माओवादी, एकीकृत समाजवादी वा अरु सरकारमा गएपछि उनीहरू उत्पादनको सामानलाई सामाजिकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर सबै जनतालाई दिने, योग्यता अनुसारको काम दिने, जमिने जोत्नेको गर्ने त्यो केही पनि गरेनन् तिनीहरूले । रोजगारको विषयमा प्राथमिकता दिने । यसो गरेनन् भने कम्युनिष्ट होइनन् भन्ने थाहा छ’, बिजुक्छेले भने, ‘नाम नै लिऔँ भने प्रचण्ड दुई पटक प्रधानमन्त्री हुनुभयो । बाबुरामजी प्रधानमन्त्री हुनुभयो । उहाँले त कम्युनिष्ट अब खत्तम । समाजवाद पनि काम लाग्दैन भन्नुभयो । फेरि समाजवाद काम नलाग्ने मान्छे कसरी कम्युनिष्ट हुन्छ ? म कम्युनिष्ट होइन पनि भन्नु भो । विभिन्न थरीको कुरा पनि गर्नुभो । उहाँले रातिराति लागुपदार्थ खानुहुन्छ भन्ने त मैले सुनेको छैन । नत्र आज एउटा कुरा, भोलि एउटा कुरा । उहाँ त स्वस्थ देखिनु हुन्छ । त्यसकारण त्यस्ता कम्युनिष्टलाई हामीले कम्युनिष्ट भनेर दर्जा दियौँ भने गलत हुन्छ । प्रचण्ड, माधवहरूले पनि कम्युनिष्टले गर्ने कामहरू गर्नुभएको छैन । ओलीजीलाई पनि यही हो ।’

salt training

कमेन्ट गर्नुहोस्