×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

बिजुक्छेको दाबी : प्रचण्ड, ओली, बाबुराम र माधव नेपाल कम्युनिष्ट होइनन्

कात्तिक ८, २०७९

NTC
Premier Steels

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । उनीहरू सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरू नगरेको भन्दै उनीहरूलाई कम्युनिष्टको दर्जा दिनु नहुने उनले बताए । 

Muktinath Bank

सोमवार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष बिजुक्छेले, आफूहरू नै सच्चा कम्युनिष्ट भएको दाबी पनि गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कम्युनिष्ट साँच्चै भएको भए एमाले, माओवादी, एकीकृत समाजवादी वा अरु सरकारमा गएपछि उनीहरू उत्पादनको सामानलाई सामाजिकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर सबै जनतालाई दिने, योग्यता अनुसारको काम दिने, जमिने जोत्नेको गर्ने त्यो केही पनि गरेनन् तिनीहरूले । रोजगारको विषयमा प्राथमिकता दिने । यसो गरेनन् भने कम्युनिष्ट होइनन् भन्ने थाहा छ’, बिजुक्छेले भने, ‘नाम नै लिऔँ भने प्रचण्ड दुई पटक प्रधानमन्त्री हुनुभयो । बाबुरामजी प्रधानमन्त्री हुनुभयो । उहाँले त कम्युनिष्ट अब खत्तम । समाजवाद पनि काम लाग्दैन भन्नुभयो । फेरि समाजवाद काम नलाग्ने मान्छे कसरी कम्युनिष्ट हुन्छ ? म कम्युनिष्ट होइन पनि भन्नु भो । विभिन्न थरीको कुरा पनि गर्नुभो । उहाँले रातिराति लागुपदार्थ खानुहुन्छ भन्ने त मैले सुनेको छैन । नत्र आज एउटा कुरा, भोलि एउटा कुरा । उहाँ त स्वस्थ देखिनु हुन्छ । त्यसकारण त्यस्ता कम्युनिष्टलाई हामीले कम्युनिष्ट भनेर दर्जा दियौँ भने गलत हुन्छ । प्रचण्ड, माधवहरूले पनि कम्युनिष्टले गर्ने कामहरू गर्नुभएको छैन । ओलीजीलाई पनि यही हो ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x