२८ जेठ २०८३, बिहीबार

सिटिजन लाइफको सप्ताहव्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन

कात्तिक ९, २०७९
सिटिजन लाइफको सप्ताहव्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवको अवसरमा शुरू गरेको सप्ताह व्यापी कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । 

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि असोज ३१ गते देखि कार्तिक ६ गतेसम्म प्रधान कार्यालय लगायत कम्पनीका विभिन्न शाखाले स्थानीय तहमा एक साता सम्म विभिन्न संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धित कार्यक्रम गरेर मनाएको छ ।

कम्पनीले यस वर्ष विशेष प्राथमिकतामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गरिएको जनाएको छ । 

यसैगरी जनसमुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता शुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक र्‍याली प्रस्तुत गरेको थियो । यस र्‍यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थियो ।

यसका साथै कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकीय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ ।

 सँगसँगै केही शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा सिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धी परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रदान गरेको छ । यसका साथै केहि शाखाले योग सिविर, खाद्यन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

आज सप्ताह व्यापी कार्यक्रमको समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कार्यक्रम सफलता पुर्वक समापन भएकोमा खुशी व्यक्त गर्दै, सम्मिलित सबैलाई धन्यवाद ज्ञापन गरे । 

 
 

salt training

कमेन्ट गर्नुहोस्