२९ जेठ २०८३, शुक्रबार

कस्तो रहला आज दिनभरको मौसम ?

कात्तिक ९, २०७९
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ  ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान  देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको छ। 
यस्तै दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  यस्तै प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहनेछ । यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्