१६ असार २०८३, मंगलबार

रुपन्देहीका पत्रकार रानाको डेंगुका कारण मृत्यु

कात्तिक ९, २०७९
रुपन्देहीका पत्रकार रानाको डेंगुका कारण मृत्यु

रुपन्देहीका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुई हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको बुधबार बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।

रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्