![छोरी मालतीको साथमा प्रियंका र निकको दिपावली [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/1512709382_priyanka-chopra-nick-jonas-diwali_1280_720_rHq2U7M9dF.jpg)
ग्लोबल आइकन प्रियंका चोपडा र उनका पति चर्चित अभिनेता-गायक निक जोनस अहिले आमाबाबुको रूपमा रमाइरहेका छन् ।
उनीहरूले जनवरी २०२२ मा सरोगेसी मार्फत आफ्नो पहिलो सन्तान, छोरी मालती मेरीलाई जन्म दिएका थिए।
उनीहरूले दिपावलीको अवसरमा केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
जसमा उनले आफ्नी छोरीलाई पनि देखाएका छन् तर अनुहार छोपिएको छ ।
निक जोनासले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा तस्वीर शेयर गरेका छन् जसमा, प्रियंका चोपडा, निक जोनस, र मालती मेरी सँगै मनमोहक देखिन्छन् ।
उनीहरूले दिपावली पूजा गरेपछि सेतो पोशाकमा तस्वीर खिचाएका छन् ।